(Monday , 13 May,2024)

ललितपुर महानगरभित्रका सार्वजनिक जग्गाको विवरण तयार पार्छौंः मेयर चिरीबाबु

NepalNewsLine

NepalNewsLine

Image 1

२ जेठ, काठमाडौं - ललितपुर महानगरपालिकाले सार्वजनिक जग्गाको यकिन विवरण तयार पार्ने भएको छ।  

मंगलबार छयासीकोटमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा महानगरका प्रमुख चिरीबाबु महर्जनले उक्त कुरा बताएका हुन्।  

"वडा नम्बर १-२९ सम्मका सबै सार्वजनिक जग्गाको क्षेत्रफल र अवस्थाको फेरहिस्त तयार पार्छौं,"उनले भने, "त्यसको लागि महानगरले समिति नै बनाएर काम गर्छ।"

सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीले सार्वजनिक जग्गा संरक्षणको सन्दर्भमा प्रश्न उठाएका थिए।

विशेषगरी महानगरको चक्रपथ बाहिरका वडाहरूमा सार्वजनिक, पर्ती र ऐलानी जग्गा धेरै भएको र ती जग्गामा धैरैले चासो राखेको प्रमुख महर्जनले बताए।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal