(Saturday , 11 May,2024)

इलाम– २ मा रास्वपाबाट उम्मेदवार बनेका लिम्बुलाई प्रेस सेन्टरले गर्‍यो कारबाही

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) बाट इलाम - २ को उपनिर्वाचनमा उम्मेदवार बनेका मिलन लिम्बुलाई माओवादी केन्द्रको पत्रकार सङ्गठन प्रेस सेन्टर नेपालले कारबाही गरेको छ ।

शुक्रबार प्रेस सेन्टरमा महासचिव सन्तोष पौडेलले एक प्रेस विज्ञप्ति जारी गर्दै सो सङ्गठनका सचिव रहेका लिम्बुले सङ्गठनको नेतृत्वको सुझाव र निर्देशनसमेत बेवास्ता गरी चरम अवसरवादी प्रवृत्तिको प्रदर्शन गरेको भन्दै सङ्गठनको सबै जिम्मेवारीबाट हटाइएको जनाएका छन् ।

सङ्गठनको नीति, विधि, विधान र आचरणविपरीत विगत केही समयदेखि सामाजिक सञ्जाल र मिडियामार्फत सार्वजनिक अभिव्यक्ति दिने तथा अनुशासनविपरीत गतिविधि गरिरहेको, पछिल्लो समयमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचनमा उम्मेदवार बनेको देखिएको उनले जनाएका छन् ।

प्रेस सेन्टर नेपालको अनुशासन समितिको सिफारिसमा शुक्रबारदेखि सबै जिम्मेवारीबाट हटाइएको पौडेलले जानकारी गराएका छन् । रास्वपाबाट उम्मेदवार बनेका लिम्बुलाई पार्टीले शनिवार औपचारिक रूपमा उम्मेदवारको रूपमा इलाममा सार्वजनिक गर्दैछ । 

434053275_976464157279341_2972202195954118430_n

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal