(Monday , 13 May,2024)

सिहदरबार प्रवेश पासको लागी अब अनलाईन पासको व्यवस्था

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौ । अब सिंहदरवार प्रवेशका लागि कसैलाई सिफारीस गर्नु नपर्ने भएको छ । आफैँले अनलाइनबाट आवेदन दिएर सिंहदरवार प्रवेश पासको व्यवस्था गर्न सकिने भएको हो ।

सिंहदरवार प्रवेश गर्न सर्वसाधारणका लागि सहज बनाउन क्युआर कोड सहितको प्रवेश पासको व्यवस्था गरिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सिंहदरवार प्रवेश पासका लागि मोबाइल–वेबसाइट प्रयोगकर्ताले प्लेस्टोरमा सिंहदरवार पास डाउनलोड गरेर वा ब्राउजरमा सिंहदरवारपास डट जिओभी डट एनपी लगइन गरेर प्रवेश पास प्राप्त गर्न सकिनेछ ।

अनलाइन प्रणालीबाट दिएको आवेदन सम्बन्धित मन्त्रालयले स्वीकृत गरेपछि सोही प्रणालीमा प्रवेश पास क्युआर कोडमा उपलब्ध हुने छ । सोही क्युआर कोड प्रवेशका लागि सिंहदरवार गेटमा देखाउनुपर्ने छ । आगन्तुकले एक दिनदेखि तीन महिनासम्मको अस्थायी पास अनुरोध गर्न सक्नेछन् ।

रजिस्टर गर्ने क्रममा नागरिकता, राष्ट्रिय परिचयपत्र, पासपोर्ट वा ड्राइभिङ लाइसेन्सको फोटोसँगै नम्बर पनि अट्याच गर्नु पर्छ । यो व्यवस्था लागू भएपछि सर्वसाधारण नागरिकले सिंहदरवार प्रवेश गर्नका लागि सिंहदरवार भित्र रहेका निकायमा कार्यरत व्यक्तिलाई फोन गरेर नाम र ठेगाना टिपाएर भित्र जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।

१. प्राप्त गर्ने तरिका यस्तो रहृको छ । सिंहदरवार प्रवेश पासका लागि स्मार्ट मोबाइल÷वेबसाइट प्रयोगकर्ताले प्लेस्टोरमा सिंहदरवार पास डाउनलोड गर्नुहोस् वा ब्राउजरमा सिंहदरवारपास डट जिओभी डट एनपी मा लिंक ब्राउज गर्नुहोस् र त्यसपछि तपाई लगइन पेजमा जानु हुनेछ ।
२. यदि तपाईँले पहिले रजिस्टर गर्नु भएको छैन भने, रजिस्टर बटनमा थिच्नुहोस
३. आफ्नो मोबाइल नम्बर प्रविष्ट गर्नुहोस् र रजिस्टर बटन थिच्नुहोस्।
४. त्यसपछि डिफल्ट ओपिटी राख्नुहोस् र भेरिफाइ ओपिटी बटनमा थिच्नुहोस् ।
५. त्यसपछि तपाईँ फारम दर्ता गर्ने पृष्ठमा पुग्नुहुने छ । फारमका अनिवार्य क्षेत्रमा विवरणहरू प्रविष्ट गर्नुहोस् र रजिस्टर बटनमा क्लिक गर्नुहोस् ।
६. दर्ता पछि, लगइन पृष्ठमा जानुहोस् र आफ्नो सही प्रयोगकर्ता नाम र पासवर्ड प्रविष्ट गर्नुहोस् । आगन्तुकले १ दिन पास वा ३ महिना÷अस्थायी पास अनुरोध गर्न सक्नेछन्, पास अनुरोध गर्न, बाँयापट्टी अनुरोध फारम मेनुमा क्लिक गर्नुहोस् । सबै अनिवार्य क्षेत्रहरू प्रविष्ट गर्नुहोस् र सबमिट बटनमा क्लिक गर्नुहोस् ।
७. सम्बन्धित मन्त्रालयले तपाईँको अनुरोध स्वीकृत गरेपछि यही प्रणालीमा तपाईँले क्युआर कोड पाउनु हुनेछ, र सोही क्युआर कोड सिंहदरवार गेटमा प्रवेशको लागि देखाउनुपर्ने छ ।
८. यो प्रणाली प्रयोग गर्न नसक्ने महानुभावहरूले भने सिंहदरवारको दक्षिण तर्फको मूल प्रवेशद्वारमा आफ्नो परिचयपत्र लिएर जानुहोस् र कर्मचारी÷सुरक्षाकर्मीहरूको सहायता लिनुहोस । भनी लिर्देशन गरीएको छ ।

यस प्रणालीले सर्वसाधारणलाई सिहदरबार भित्र छिर्नको लागी सहज हुने छ । सिहँदरबार भित्र जानको लागी मन्त्रालयका कर्मचारी वा मन्त्रीका नजिकका मान्छे चिन्नुपर्ने र पास भन्नुपर्ने प्रणालीको अन्त्य भएको छ । पास भन्नुपर्ने प्रणाली हुदा मन्त्री र नेताका स्वकिय र नजिकका मान्छे चिनेका व्यक्ति मात्र छिर्न पाउथे तर अब भने सर्वसाधारण पनि सहजै सिहदरबार जान पाउने छन । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal