(Friday , 10 May,2024)

 किरियापुत्रीले गरे इलाम–२ मा  मतदान

NepalNewsLine

NepalNewsLine

Image 1

 इलाम । इलाम–२ मा प्रतिनिधिसभा उपनिर्वाचनमा शनिबार एक जना किरियापुत्रीले पनि मतदान गरेका छन् ।

आफ्नी आमाको किरिया बसेका रजिन खड्काले दृपादेवी आधारभूत विद्यालय मतदान केन्द्र क मा पुगेर मतदान गरेका हुन् ।

मतदान गर्न पाउने आफ्नो अधिकार प्रयोग गरेर अरु मतदातालाई मतदानको महत्व बुझाउन किरिया बसेको समयमा पनि मतदान केन्द्रमा आएको खड्काले प्रतिक्रिया दिए ।

इलाम–२ बाट गत ४ मंसिर २०७९ मा भएको चुनावमा निर्वाचित एमाले नेता सुवासचन्द्र नेम्वाङको निधन भएपछि त्यहाँ उपनिर्वाचन गरिएको हो । शनिबार विहानदेखि नै इलाम–२ मा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal