(Saturday , 11 May,2024)

एसएसपीमा रमेश बस्नेतलाई बढुवा गर्न सिफारिस

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौँ । नेपाल प्रहरीका उपरीक्षक (एसपी) रमेश कुमार बस्नेत वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस भएका छन् ।

गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले बस्नेतलाई एसएसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।

एसएपीमा बढुवा सिफारिस गर्ने समितिको अध्यक्ष गृह मन्त्रालयका सचिव हुन्छन् ।

जनपदतर्फ प्रहरी वरिष्ठ उपरीक्षक मोहन पोखरेल अवकाशमा गएपछि एउटा दरबन्दी रिक्त थियो ।

एसएसपीमा बढुवा हुन बस्नेतसँगै हिरा बहादुर पाण्डे र रवीन्द्र रेग्मी पनि प्रतिस्पर्धामा थिए । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal