(Saturday , 11 May,2024)

संसद सचिवालयका उपसचिवले शाखा अधिकृतलाई हाने झापड

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौं । संघीय संसद सचिवालयका एक कर्मचारीमाथि उनकै सहकर्मीले हातपात गरेका छन् ।

मंगलबार संघीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले एक शाखा अधिकृतलाई झापड हानेको सचिवालय स्रोतले बताएको छ ।

उपसचिव गैरेले एउटा प्रतिवेदनमा आफ्नो नाम छुटेको विषयमा असन्तुष्टि जनाएको विषय बढ्दै जाँदा एक महिला शाखा अधिकृतलाई झापड हानेको स्रोतको भनाइ छ ।

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले उक्त घटना आफ्नो जानकारीमा रहेको प्रतिक्रिया दिए ।

सचिवालयका एक अधिकारीका अनुसार बिहान ११ बजे ती शाखा अधिकृतको कार्यकक्षमा प्रवेश गरेका उपसचिव गैरेले ‘मैले गरेको काम बिगार्ने तैं होइनस्’ भन्दै झापड हानेका थिए । संसद सचिवालयकै स्वास्थ्य शाखामा स्वास्थ्य जाँच गर्दा कुटपिट पुष्टि भएको ती अधिकारीको भनाइ छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal