४ मंसिर, काठमाडौं - जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघरमण्डलदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको छ ।
प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले ३० दिनसम्मका लागि निषेधित क्षेत्र तोक्ने निर्णय गरेका हुन् ।
मंसिर ७ को प्रदर्शनलाई मध्यनजर गर्दै उक्त क्षेत्रलाई निषेधित घोषणा गरेको हो ।
स्थानीय प्रशासन ऐन २०२८ अनुसार सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।
सो क्षेत्रमा ३० दिनसम्म ५ जनाभन्दा बढी भेला हुन जुलुस र प्रदर्शन गर्न रोक लागेको छ ।
प्रतिक्रिया