७ असोज, काठमाडौं - दलहरुले सुन तस्करीको उच्चस्तरीय जाँचबुझ आयोगको कार्यदेशबारे प्रस्ताव तयार पारेका छन् ।
यसबारे नेकपा एमालेसँग छलफल गरेर आइतबार नै आयोग गठन गर्ने तयारी छ ।
भेप र ब्रेक शुमार्फत भएको सुन तस्करीलाई लिएर एमालेले संसद अवरुद्ध गरेपछि दलहरुबीच ५ असोजभित्र उच्चस्तरीय जाँचबुझ आयोग बनाउने सहमति भएको थियो ।
तर आयोगको कार्यादेशबारे दलहरुबीच सहमति नहुँदा आयोग गठनमा ढिलाइ भएको थियो ।
आइतबार कार्यबाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काको कार्यकक्षमा एमाले बाहेकका दलहरुबीच छलफल भएको छ ।
‘नयाँ ड्याफ्ट बनेको छ, अब एमालेसँग छलफल हुन्छ’ छलफलमा सहभागी जनता समाजवादी पार्टी ९जसपा०का प्रमुख सचेतक प्रदीप यादवले भने ।
आइतबार दिउँसो सरकारका प्रतिनिधि र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुबीच गृह मन्त्रालयमा छलफल सुरु भएको छ ।
प्रतिक्रिया