२४ साउन, काठमाडौँ - प्रतिनिधिसभा बैठकमा नेकपा एमालेले अवरोध कायमै राखेपछि २६ गतेसम्मका लागि स्थगित गरिएको छ ।
आज बसेको बैठकमा एमालेले नाराबाजी गरेपछि स्थगित गरिएको हो ।
बैठक सुरु हुने बित्तिकै एमाले सांसद सूर्य थापाले पार्टीको धारणा राख्दै थिए । सत्तापक्षका सांसदले उठेर त्यसको विरोध जनाए ।
सभामुखले थापालाई समय सकिएको बताएपछि एमालेका अरू सदस्यहरू उठेर नाराबाजी गर्दै बेल घेर्न पुगे ।
त्यसपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।
प्रतिक्रिया