६ साउन, काठमाडौैं - नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले मुलुकमा बलियो कम्युनिष्ट पार्टीको आवश्यकता रहेको बताएकी छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले एकीकृत हुनुपर्ने बेलामा कम्युनिष्ट आन्दोलन फुट, विभाजन र छरिएको स्थितिमा रहेको पनि बताइन् ।
‘अहिले एउटा बलियो कम्युनिष्ट पार्टी चाहिएको छ । तर बिडम्वना हाम्रो कम्युनिष्ट आन्दोलन फुट, विभाजन र छरिएको स्थितिमा छ । त्यसलाई एकीकृत, केन्द्रिकृत गर्ने प्रयास भएका थिए, एउटै नेकपा पनि बनायौँ हामीले जनताको जनमत पनि इतिहास कायम गर्नेगरी प्राप्त गरेका थियौँ । तर एकता कामय भइरहन सकेनौँ’ उनले भनिन् ।
तर बलियो कम्युनिष्ट पार्टी बनाउने कुराबाट पछि हट्न नहुने भन्दै उनले समाजवादी मोर्चा त्यसकै प्रयास भएको धारणा राखिन् ।
‘हामीले समाजावादी मोर्चा बनाएका छौं । मोर्चाको सहकार्यबाट क्रमशः एकतामा पु¥याउने हो । अहिले समाजवादी मोर्चामा नआएका भिन्न कम्युनिष्ट पार्टीका छातामा रहेकाहरुलाई पनि एउटैमा ल्याउने हाम्रो प्रयास हो’ उपाध्यक्ष भुसालले भनिन् ।
प्रतिक्रिया