(Thursday , 21 November,2024)

प्रधानमन्त्री प्रचण्डलाई रविले भने- म तपाईंको मुटु चेक गर्न चाहन्छु, कुन अस्पतालमा गर्ने भन्नुस्

author

Anonymous

Image 1

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका सांसद रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मुटु चेक गर्न चाहेको बताएका छन्।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा मुटु नकमाई अनुसन्धान हुने बताएका प्रधानमन्त्रीको मुटु कामेकोजस्तो लागेकोले चेक गर्नुपरेको लामिछानेको भनाइ छ।

‘प्रधानमन्त्रीजी, तपाईंले मुटु कमाउँदिनँ भन्नुभएको छ। अब म तपाईंको मुटु चेक गर्न चाहन्छु, कुन अस्पतालमा चेक गर्ने भन्नुस्,’ बुधबारको प्रतिनिधि सभा बैठकमा लामिछानेले भने, ‘काम्दैन भनेको तपाईंको मुटु काम्यो कि भन्ने मलाई शंका लागेको छ।’

भुटानी शरणार्थी प्रकरणमा नाम आएका विभिन्न मानिसलाई बयानसमेत नलिइएको लामिछानेको भनाइ छ।

‘एकपटक बयानका लागि पनि नबोलाउने भनेको अविश्वासको वातावरण सिर्जना भएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बेइज्जत भएको यो विषयलाई सामसुम थामथुम नगर्नुहोला। तीन पार्टी (कांग्रेस, एमाले र माओवादी) बसेर तपाईंहरूले खासखुस गर्नुभयो। त्यसको गन्ध संसदसम्म ठासठुस आयो। देशभरि त्यसको गन्ध गयो। रोक्नुस्।’
न्यायिक प्रक्रियामा हरेक नागरिकले सहयोग गर्नुपर्ने उनले बताए।

‘अपराध अनुसन्धानमा प्रोफाइलले हुँदैन फाइल हुन्छ,’ उनले भने, ‘काले काले मिलेर खाउँ भाले भएको हो कि१ यसो हो भने जनताले सहेर बस्दैन।’ उनले न्यायालय र नेपाली सेनामा भएका भ्रष्टाचारबारे मानिसहरू बोल्नै डराएकोसमेत बताए।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal