(Friday , 22 November,2024)

म्याद थपका लागि पूर्वगृहमन्त्री खाँणसहितका अभियुक्तहरु अदालतमा पेश 

NepalNewsLine

NepalNewsLine

Image 1

३१ वैशाख, काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई आइतबार प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेश गरेको छ ।

ठगी, संगठित अपराधलगायतका विभिन्न मुद्दामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान नसकिएको भन्दै थप समय हिरासतमा राख्न अनुमति माग गर्दै जिल्ला अदालतमा पेश गरेको हो ।

जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालका अनुसार प्रहरीले यो प्रकरणमा पक्राउ परेकाहरुलाई अदालतमा पेश गरेको छ । तर म्याद थपको निर्णय भइसकेको छैन ।

यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारीलगायतलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु सबैलाई थप समय हिरासतमा राख्न अनुमति माग गर्दै प्रहरीले अदालतमा उपस्थित गराएको हो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal