(Sunday , 12 May,2024)

संघीय संसद्को हिउँदे अधिवेशन आज मध्यरातीदेखि अन्त्य हुँदै

author

Anonymous

Image 1

काठमाडौँ : संघीय संसदको दुवै सदनको चालु हिउँदे अधिवेशन आज अन्त्य हुने भएको छ । नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषदमध्यरातबाट को वैशाख १२ गतेको सिफारिसमा कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले अधिवेशन अन्त्य गर्नुभएको छ ।

यादवले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/०१/१२ को सिफारिसमा संघीय संसद्को दुवै सदनको चालु अधिवेशन संवत् २०८० साल वैशाख १५ गते शुक्रबार राती १२:०० बजेदेखि अन्त्य गरेको छु ।’

राष्ट्रिय सभामा १३ औं अधिवेशन अन्तर्गत यो हिउँदे अधिवेशनमा १९ बैठक बसेको छ भने प्रतिनिधि सभामा २८ बैठक बसेको छ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal