(Sunday , 12 May,2024)

४० अर्ब ऋण लिएर बनेका राष्ट्रिय गौरबका आयोजनाहरुको अबस्था कस्तो छ ? हेर्नुस.. मनपरी ऋण लिने आफ्ना आफन्त पोस्नेः

superadmin

superadmin

Image 1

काठमाडौं, माघ १३, २०७९
बनेका राष्ट्रिय गौरबका अयोजनाहरु कसरी अगाडी बढ्छन् भन्ने कुरा अहिलेपनि अन्योलमै छ । ४० अर्ब बढी ऋण लिएर बनाईएका परियोजनाहरु भैरहवा बिमानस्थलको अबस्थाले पोखरा विमानस्थलको स्थीति कस्तो बन्ला भन्ने कुरा अनुमान गर्न सकिन्छ ।
एडीबीले गरेको सर्वेक्षण अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि विकासको लहर आउने कुरालाई वायुसेुवा निगमले भने चासो साथ हेरेको पाईएन । यो विमानस्थल धर्मालम्बीहरुको लागी र बाह्रय पर्यटकहरुका लागी लक्षित गरेर बनाईएपनि १ महिना देखि उडान ठप्प छ ।
भैरहवामा उडान भर्न नसकेर काठमाडौं झरेको जजिरा एयरलाईन्स के गर्छ टुंगो छैन, ८ अर्ब ऋण गरेर ३० अर्बमा निर्माण गरेको यो विमानस्थलले कसरी आर्थिक विकासमा लुम्बीनीलाई माथी उठाउला ? समय अझै बाँकी छ सरकार र नागरिक उड्यान तथा पर्यटन मन्त्रालयको कस्तो खाका आउला हेर्न भने बाँकी छ ।

चोभार सुखा बन्दरगाहा हिमाल सिमेण्टको १२८ रोपनी जग्गामा ड्राईपोर्टका रुपमा परिणत भयो । भारत र चिनमा आयात र निर्यात गर्दा सोझै यहि बन्दरगाहामा जाँचपास गरि छुट्ने र आउने परियोजनाका लागि बनेका यो योजना ३ वर्ष ढिलो गरि सम्पन्न भयो ।
१ अरब ५४ करोड विश्व बैंकले ऋण प्रबाह गरको यो बन्दरगाहा भन्सार पूर्वधार राखेर संचालनमा आयो चालु वर्षको साउन देखि पुष सम्ममा २५ करोड ३३ लाखको आयात र १८ लाखको निर्यात भएको रिपार्ट छ । प्रशासनिक खर्च समेत जुटाउन नसकेको सुखा बन्दरगाहाको स्थीति पनि उस्तै छ ।

५ वर्ष अगाडी २२ प्रतिशतमा रहेको सार्वजनिक ऋण बढेर ४१ प्रतिशत पुग्यो तर अझैपनि भन्न छोडेका छैनन् देश कायापलट गर्छौं । यसरी नै यो देश समृद्ध नेपाल अनि सुखी नेपाली होला त नाराले मात्रै विकास जब ऋण काढेर मनपरी लगानी छरिन्छ ?
२० खर्ब ८ अर्ब पुगनपुग ऋण सार्वजनिक ऋण छ, त्यो मध्य १० खर्व ५० अर्ब भन्दा बढी रकम बैदेशिक ऋण छ । यसरी व्युत्पादक शिर्षक र योजनामा ऋण लिएर लगानी गर्ने कि उत्पादन क्षेत्रमा ? कम्तीमा कृर्षिमा आत्मानिर्भर गराउन यो लगानी गरिएको भए कति धेरै फाईदा हुने थियो होला । उर्जामै गरेको भएपनि बत्ति उत्पादन गरेर बेच्न सकिन्थ्यो । हाम्रो जस्तो मुलुकमा ऋण लिएपछि त्यसलाई सहि ठाउँमा प्रयोग गर्न नसकेपछि कसरी बन्छ मुलुक ?

विदेशी ऋण र अनुदानमा आफ्ना आफन्त र आसेपासेलाई ठेक्का पार्ने, नाफा मनग्य कमाउने कमिसनको खेलो अनुसारको विकास र योजनाहरु बनाउने र जिम्मा लगाउने बाहेक खासै नयाँ नौलो केहि दिन सकेनन् भिजन नै नभएको नेताबाट कहिलेसम्म जनताले विकास र शुसासनको अपेक्षा गर्ने ? कहिले खुल्छ जनतामा सचेतना ? सरकारलाई जनपक्षिय बनाउने खबरदारी सहितका सूचाना र खबर हेर्न न्युजलाईन हेर्दै गर्नुहोला र थप सल्लाहा सुझाब पठाउनुहोला ।
नेपाल न्युजलाईन, काठमाडौं

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal