(Saturday , 11 May,2024)

घाइतेको उपचारमा गम्भीर बन्न मुख्यमन्त्री चौधरीको आग्रह 

author

Arpana Bhujel

Image 1

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राप्ती नदीमा बस खसेर भएको दुर्घटनामा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा गम्भीर बन्न र उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित पक्ष र निकायलाई आग्रह गरेका छन् । 
 
शनिबार शोक वक्तव्य जारी गर्दै मुख्यमन्त्री चौधरीले मृतकहरू प्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेका छन् । मुख्यमन्त्री चौधरीले मध्यरातमा भएको उक्त दुर्घटनापछि उद्धार र उपचारमा खट्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्थानीय र जनप्रतिनिधिलाई धन्यवाद दिएका छन् । 

बाँकेबाट काठमााडौंका लागि छुटेको भे १ ख ३९१२ यात्रुवाहक बस  दाङको भालुवाङमा शुक्रवार राति राप्ती पुलबाट नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ भने २३ जना घाइते छन् ।  

यसैबीच लुम्बिनी प्रदेशका शहरी विकास मन्त्री कृष्णा केसी (नमुना) ले भालुबाङ बस दुर्घटनाका घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएकी छिन् । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुगेर उपचाररत दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्था बुझ्दै उनले उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएकी हुन् । 

दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मन्त्री केसीले उपचारमा गम्भीर बन्न र उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशनसमेत दिइन् । अस्पताल प्रशासन, उपचारमा संग्लन चिकित्सक र बस समितिका प्रतिनिधिलाई मन्त्री केसीले घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन आग्रह गरिन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal