(Friday , 10 May,2024)

रौतहटमा गोली चलाउँदै लुटपाट गर्ने भारतीय गिरोहका तीन जना पक्राउ

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौ । रौतहटमा गोली चलाउँदै लुटपाटमा संलग्न भारतीय गिरोहका तीन जना पक्राउ परेका छन् । परोहा नगरपालिका ९ खापचोकस्थित शिव मनी ट्रान्सफरको कार्यालयमा गोली चलाएर लुटपाट गर्ने तीन जना पक्राउ परेका हुन् । 

उनीहरू तीनै जना भारतीय नागरिक हुन् । प्रहरीका अनुसार भारतको बिहार मोतिहारीका मुनिष यादव, राजकुमार पासवान र चन्द्रभान सिंहलाई गाउँलेहरूले पक्रेर प्रहरीलाई बुझाएका हुन् । 

उनीहरूको साथबाट रकमसहितको झोला पनि बरामद भएको छ । लुटेराको गोली लागेर शिवम् मनी ट्रान्सफरका सञ्चालक नितेश शाह गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि वीरगञ्ज पठाइएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal