(Monday , 20 May,2024)

बुटवल उपमहानगरले गर्यो विना टेन्डर सडक निर्माण, अख्तियारको टोली फिल्डमा,ठेकेदारलाई अझै दिएनन् भुक्तानी

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौ । बुटवल उपमहानगर पालिकाले हचुवा तालमा अस्पताल लाइनदेखि कालिका मन्दिर सम्मको सडक खोल्ने काम गरेको पाईएको छ । नगरपालिकाले प्रक्रिया मिचेर काम गराएपछि अख्तियार दुरुपयोग अनुसन्धान टोलीले अनुसन्धान सुरु गरेको छ ।

नगरपालिकाले गराएको सडक निमार्णको कामप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्राविधिक टोली समेत फिल्ड पुगेर हालै अध्ययन अनुसन्धान सुरु गरेको छ। गत साउनमा लुम्बिनी प्रादेशिक अस्पताको जग्गामा सडक खोल्ने काम गरेको नगरपालिकाले विना टेन्डर काम गराएको खुलेको हो।

सडक खोल्ने, ग्राभेल गराउने काम २५ लाख रुपैयाँमा भएको थियो । नगरपालिकाले प्रक्रिया मिचेर काम गराएपछि अख्तियार दुरुपयोग अनुसन्धान टोलीले अनुसन्धान सुरु गरेको हो । नगरपालिकाले गराएको सडक निमार्णको कामप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्राविधिक टोली समेत फिल्ड पुगेर हालै अध्ययन अनुसन्धान सुरु गरेको छ।

 बुटवल उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतले सडक खोल्ने, ग्राभेलको काम हुदा आफु अधिकृत नभएको र त्यो पुरानो केस भएकोे बताएको छन । त्यस सडक निर्माण कायर्, आफु भन्दा अगाडिका कार्यकारी भएको बेलामा भएको, विस्तृत आफूलाई थाहा नभएको उनले बताएका छन ।

उक्त सडकमा अहिले प्रदेश पूर्वधार कार्यालय, नाली  राख्ने  पिच गर्ने, ठेक्का दिएको छ। बुटवल नगरपालिकाले पहिलो साउन महिनामा काम गराएको ठेकेदारलाई भुक्तानी नै दिएका छैनन् । ठेकेदार भने आफूले अझै सम्म कुनै रकम नपाएको भन्दै पटक पटक नगरपालिका धाइरहेका छन्। ठेकेदारले १९ लाख ४५ हजार रुपैयाँ खर्च भएको बताएका छन्। त्यति बेला नगरपालिकाले कुनै सूचना जारी नगरी, बिना टेन्डर नै, ५ दिन लगातार ठेकेदारलाई काम गराएर सडक खोल्ने काम भएको पाईएको छ । 

बुटवल उपमहानगरपालिकाका इन्जिनियरले सडक साउनमा सकिए पनि ठेकेदारलाई रकम दिनको लागि प्रक्रिया नपुगेको कारणले ढिलाइ भएको बताएका छन । उनले अख्तियारको टोलीले पनि रकम भुक्तानी प्रक्रिया अरू विषयमा सोधिखोजी गरेको  बताएका छन । 

 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal