(Friday , 10 May,2024)

लालबन्दी जेसीज सप्ताहको आज दोस्रो दिन : किशोरी शिक्षा एवम सुरक्षा र प्रजनन स्वास्थ सम्बन्धी र साइवर अपराध न्यूनीकरण तथा सुरक्षा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

NepalNewsLine

NepalNewsLine

Image 1

सर्लाही । लालबन्दी जेसीज वर्ष -२०२३ का अध्यक्ष मनोज बख्रेलको अध्यक्षता र कार्यकारिणी उपाध्यक्ष जेसी सुनिता खरेल थपलियाको प्रमुख संयोजकत्वमा ७ वटा फरक फरक कार्यक्रम सहित चल्ने जेसीज सप्ताहको दोस्रो दिन आज दुई वटा कार्यक्रम तय भएको थियो । आजको किशोरी शिक्षा एवम सुरक्षा र प्रजनन स्वास्थ सम्बन्धी अभिमुखिकरण कार्यक्रम कार्यक्रमका संयोजक जेसी रामेश्वर महतोको संयोजकत्वमा सम्पन्न भयो ।

कार्यक्रममा प्रमुख प्रशिक्षणकको रुपमा लालबन्दी जेसीजका कानुनी सल्लाहकार समेत रहनुभएका जेसी राजकुमार सिंह ले करीब २ घन्टा विषयवस्तु विशेष सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा विद्यालयका शिक्षक तथा कर्मचारीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

त्यस्तै आजको अर्को कार्यक्रम साइवर अपराध न्यूनीकरण तथा सुरक्षा सम्बन्धी अभिमुखिकरण कार्यक्रमका संयोजक जेसी उत्सव वनको संयोजकत्वमा सम्पन्न भयो । कार्यक्रममा प्रमुख प्रशिक्षणकको रुपमा रहनुभएका इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रविन्द्र कुमार शाहले करीब १ स् ३० भर विषयवस्तु विशेष सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा क्याम्पसका उपप्राध्यापक तथा कर्मचारीहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमको संचालन लालबन्दी जेसीजका इभेन्ट म्यानेजर प्रतिमा पौडेलले गर्नुभएको हो ।

लालबन्दी जेसीज वर्ष -२०२३ को सप्ताह ब्यापी कार्यक्रमको चौथो कार्यक्रम जनज्योति उच्च माविमा अध्यनरत करिव ३०० छात्रा ( किशोरी ) हरुलाइ दिइएको  किशोरी शिक्षा एवम सुरक्षा र प्रजनन स्वास्थ सम्बन्धी अभिमुखिकरण कार्यक्रम  मा सहयोग पुर्याउनुहुने सम्पूर्ण र लालबन्दी जेसीज वर्ष -२०२३ को सप्ताह ब्यापी कार्यक्रमको पाँचौ कार्यक्रम जनज्योती बहुमुखी क्याम्पसका करिव २९० विद्यार्थीहरुलाई दिइएको साइवर अपराध न्यूनीकरण तथा सुरक्षा सम्बन्धी अभिमुखिकरण कार्यक्रम मा सहयोग पुर्याउनुहुने सम्पूर्णमा लालबन्दी जेसीज परिवारले हार्दिक आभार प्रकट गरेको छ ।


 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal