(Friday , 10 May,2024)

तलब नपाएपछि सातादिनदेखि विद्यालय बन्द गरेर सर्लाहीका शिक्षक धर्नामा

NepalNewsLine

NepalNewsLine

Image 1

सर्लाही । सर्लाहीको हरिपुुर्वा नगरपालिका र चन्द्रनगर गाउँपालिकाका शिक्षक तलव नपाएपछि धर्नामा बसेका छन् ।

विगत ५ महिनादेखि तलब नपाएपछि शिक्षकले विद्यालय बन्द गरेर गाउँपालिका तथा नगरपालिका कार्यालयमा एक सातादेखि धर्ना जारी राखेका छन् ।

चन्द्रनगरका शिक्षकले गाउँपालिकाभित्रका २२ वटा सामुदायिक विद्यालय बन्द गरेर धर्ना सुरु गरेका हुन् । विद्यालय बन्द हुँदा चन्द्रनगरमा ६ हजार र हरिपूर्वामा १६ वटा सामुदायिक विद्यालयका ५ हजार विद्यार्थी अध्ययनबाट वञ्चित भएका छन् ।

हरिपूर्वामा नगरसभा नहुँदा र चन्द्रनगरमा गाउँसभा नहुँदा शिक्षक, कर्मचारीले गएको साउनदेखि तलब पाएका छैनन् । सामाजिक सुरक्षा भत्ता पनि रोकिएको छ ।

नेपाल शिक्षक महासंघ चन्द्रनगरका अध्यक्ष सरोज सिंहले पाँच–पाँच महिनासम्म तलब नपाउँदा समस्या भएको बताउनुभयो । तलब उपलब्ध गराउन लिखित तथा मौखिक रुपमा ध्यानाकर्षण गराउने, कालोपट्टी बाँधेर पठनपाठन गराउने जस्ता अन्य दबाबमूलक कार्यक्रम भइरहेको उहाँले बताउनुभयो ।

बजेट निकासा नभएर बालबालिकालाई दिवा खाजा खुवाउन नपाउँदा धेरै विद्यार्थी अनुपस्थित हुन थालेको र विद्यालयमा मसलन्द लगायत सामग्री सकिएको सिंहले बताउनुभयो ।

ऋण, सापटी लिएर खर्च टार्दै आएपनि तलब आउने छाँट नदेखिएपछि उधारो र ऋणका कारण मुख देखाएर हिँड्न पनि गाह्रो परेको आन्दोलित शिक्षकले गुनासो गरेका छन् ।

हरिपूर्वा नगरपालिका–५ मा रहेको केश्वर गरिब जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक सरोजकुमार यादवले शिक्षकले तलब नपाएसम्म नियमित पठनपाठनमा नफर्किने बताउनुभयो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal