(Tuesday , 03 December,2024)

हवाई यात्रामा हट्यो कोभिड खोप अनिवार्यको नियम

NepalNewsLine

NepalNewsLine

१६ जेठ, काठमाडौं - सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु पर्ने प्रावधान हटाएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आइतबार एक पत्र पठाउँदै कोभिड-१९ प्रोटोकलबारे भएको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

मन्त्रालयका अनुसार ३१ वैशाखमा बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रले हवाई यात्रुका लागि ७२ घण्टा भित्रको पीसीआर नेगेटिभ रिर्पोट वा खोप अनिवार्य गरिएको नियम हटाउने निर्णय लिएको हो ।

सोही अनुसार प्राधिकरणले पनि यो नियमन कार्यान्वयनमा ल्याइसकेको छ । यो नियम हटेसँगै अन्तराष्ट्रिय गन्तव्यबाट नेपाल आउने यात्रुले साथमा बोक्नु पर्ने खोपको क्यूआर कोड, पीसीआर नेगेटिभ रिर्पोट अनिवार्य बोक्नु पर्ने छैन ।

तर, नेपालबाट विदेश जाने यात्रुको हकमा भने सो गन्तव्य मुलुकले तोके अनुसारका कागजात बोक्नु पर्छ । विश्व स्वास्थ्य संकठनले ५ मे २०२३ मा एक सिफारिस जारी गरी कोभिड(१९ लाई विश्वव्यापी महामारीबाट हटाएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal