(Friday , 10 May,2024)

रातो मच्छिन्द्रनाथ रथ जेठ ८ गत्ते जावलाखेल लाने

NepalNewsLine

NepalNewsLine

 २८ वैशाख, ललितपुर - रातो मच्छिन्द्रनाथ (बँगध) को मुर्तिलाई पाटनको तःबहालबाट खटमा राखेर पुल्चोकमा बनाईएको रथमा राखे पछि रातो मच्छिन्दनाथको जात्रा शुरु हुन्छ । यो जात्रा प्रत्येक वर्ष मातातिर्थ औँशीको भोलीपल्ट एकादशीको दीन देखि सुरु हुन्छ । यो जात्रा सबैभन्दा लामो जात्रा हो । पाटनको सबैभन्दा ठुलो उत्सवको रुपमा रातो मच्छिन्द्रनाथको जात्रा लाई लिईन्छ ।

रातो मच्छिन्द्रनाथको रथ प्रत्येक वर्ष पुल्चोकको दमकल चोक स्थित जोगाम्बर पीठ र १२ वर्षमा एकपटक बुंगमतिको रथ चउरमा रहेको जोगाम्बर पीठमा बनाइन्छ । किम्बदन्ती अनुसार रातो मच्छिन्द्रनाथलाई गोरखनाथको गुरुको रुपमा मानिन्छ । संस्कृतिविद ज्योतिरत्न शाक्यको अनुसार रातो मच्छिन्द्रनाथ १०८ लोकेश्वर मध्ये एक हुन । रातो मच्छिन्द्रनाथको पुजा आरधना गर्दा वर्षा हुने र अन्नले भरिपूर्ण हुने विश्वास रहेको छ ।

यो रथयात्रा पुल्चोकबाट सुरु भइ गाबहाल, सुन्धारा, लगनखेल, थथीटोल हुुदै जावलाखेलमा भोटो देखाएपछि सकिन्छ । त्यसपछि रथलाई मुख हेर्न जाने कार्य ४ दिनपछि सुरु हुन्छ । यतिखेर रातो मच्छिन्द्रनाथको रथ थथीटोलमा रहेको छ । आज साइत हेरिएको छ र ८ गत्ते जावलाखेल लान सके ११ गत्ते भोटो देखाउने कार्यक्रम रहेको छ । 

मच्छिन्द्रनाथको रथयात्रा नटङिगएसम्म केहि नबिग्रिएमा सुलक्षण मानिन्छ । तर यसपालि भने मच्छिन्द्रनाथको रथ क्रेनले अड्याउन पर्ने गरि बाङिगएको छ । मच्छिन्द्रनाथकोे रथ ढलेमा देशमा ठुलो संकट आउने मानिन्छ । यता देशमा आर्थिक संकट, आर्थिक मन्दि भईरहेको छ भने भ्रष्टाचारका काण्डहरु दिनदिनै एक पछि अर्को गर्दै आईरहेका छन ।

यसपालि मच्छिन्द्रनाथ रथको अवस्था यस्तो बाङगो, ढल्ने जस्तो हुुनुमा रथ बनाउनेहरुको लापरबाहि मात्र हो अथवा देशमा ठुलो संकट आउने संकेत हो, त्यो भने हेर्न बाँकि छ । मच्छिन्द्रनाथले हामी सबैको कल्याण गरुन ।
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal