(Monday , 13 May,2024)

हमासद्वारा तेल अभिभमा रकेट प्रहार

NepalNewsLine

NepalNewsLine

Image 1

तेल अभिभ । हमासले गाजा पट्टीबाट इजरायलको तेल अभिभमा रकेट प्रहार गरेको छ । रोयटर्स समाचार एजेन्सीका अनुसार तेल अभिभमा साइरन सुनेपछि मानिसहरूले बम सेल्टरमा शरण लिनुपरेको थियो। 

इजरायलको ड्रोन प्रणालीले रकेटहरू हावामा नै नष्ट गर्न सफल भएको थियो । हालसम्म कुनै हताहतको रिपोर्ट छैन। यसैबिच इजरायली सेनाले पछिल्लो २४ घण्टामा गाजाका ३ सयभन्दा बढी लक्ष्यमा आक्रमण गरेको बताएको छ । 

गाजामा इजरायल(हमास युद्ध सुरु भएको दुई महिनाभन्दा बढी भइसकेको छ। यस द्वन्द्वमा गाजामा हालसम्म १९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अमेरिका, बेलायत, फ्रान्सलगायत धेरै देशले इजरायललाई युद्धविरामका लागि दबाब दिइरहेका छन् ।

यसैबिच, लेबनानको इरान समर्थित हिजबुल्लाहले इजरायलका शहरहरूमा राति रकेट आक्रमण गरेको छ। यी आक्रमणहरू उत्तरी इजरायलका किरियत शमोना र अन्य सहरहरूमा गरिएका छन्।

सोमबार इजरायल र लेबनानको सीमामा दुई पक्षबीच गोली हानाहान भएको थियो । अर्कोतर्फ हिजबुल्लाहले इजरायलले लगातार लेबनानी गाउँहरूलाई निशाना बनाउँदै आएको र त्यसको बदलामा रकेट आक्रमण गरेको बताएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal