(Monday , 13 May,2024)

अमेरिका नेपाललाई सहयोग गर्न तत्पर 

NepalNewsLine

NepalNewsLine

Image 1

१८ कार्तिक, काठमाडौं - जाजरकोटमा केन्द्रबिन्दु बनाइ शुक्रबार राति गएको भूकम्पको क्षतिपछिको पुनर्लाभ हासिल गर्न आवश्यक सहयोग गर्न अमेरिका तत्पर रहेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

दूतावासले यस घटनाप्रति दुस्ख व्यक्त गर्दै अमेरिका सहयोगका लागि इच्छुक रहेको जानकारी दिएको हो । साथै, यस घटनाबाट प्रभावित अमेरिकी नागरिकलाई सम्पर्कमा आउनसमेत भनेको छ । जसका लागि उसले [email protected] र +977 01-423-4000  सम्पर्क गर्न आग्रह गरेको छ ।

शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाइ ६ दशमलव चार म्याग्निच्युडको भूकम्प गएको थियो । गृहमन्त्रालयका अनुसार अहिलेसम्म एक सय ५७ जनाको मृत्यु भएको छ भने तीन सय ७५ जना घाइते भएका छन् । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal