(Sunday , 12 May,2024)

एक बन्दुकधारीले गोली हानी २२ जनाको हत्या

author

Hem Khadka

Image 1

एजेन्सी– अमेरिकामा एक बन्दुकधारीले गोली हानी २२ जनाको हत्या गरेको छ। घटनामा ६० जना घाइते भएका छन्। मेन राज्यस्थित ल्युस्टन सहरमा एक अज्ञात बन्दुकधारीले गोली हानी हालसम्म २२ जनाको हत्या गरेको त्यहाँको प्रहरीले जनाएको छ।  बन्दुकधारीको प्रहरीले खोजी गरिरहे पनि फेला पार्न सकेका छैनन्।

यो घटनामा बन्दुकधारीले विभिन्न स्थानमा गोली प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ। प्रहरीले बन्दुकधारी पक्राउ नपरेसम्म त्यहाँका स्थानीयलाई सुरक्षित स्थानबाट बाहिर ननिस्कन समेत आग्रह गरिरहेको छ। यो घटना बारे अमेरिकी राष्ट्रपति जो बाइडनलाई पनि जानकारी गराइसकिएको र घटनाक्रम बारे निरन्तर अपेडट दिइएको पनि बताइएको छ।

त्यहाँको अस्पताललाई ठूलो संख्यामा घाइतेहरुको उपचारका लागि तयारी अवस्थामा राखिएको छ भने प्रहरीले संदिग्धको दुईवटा तस्बिर सार्वजनिक गर्दै स्थानीयलाई पहिचानका लागि सहयोगको आग्रह गरेको छ

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal