(Monday , 16 June,2025)

रबि राजनीति, संसदमा माओवादीका वर्षमानले माग पूरा भईसकेको दाबी, अस्तिसम्म विजुली किन्न ऋण गर्नेहरु आज रातारात अरबौंको विजुली बेच्दै,

NepalNewsLine

NepalNewsLine

Image 1

रबि राजनीतिः
रबि लामिछानेको राजनीति सकिएको हो कि सकाईएको हो ? आजको मुल प्रश्न खेपेका रास्वपा र उनका समर्थकहरुलाई हम्मे  हम्मे छ, रविले सुरु गरेको राजनीति पुराना दलहरुलाई नयाँ पुस्ताले दिएको चुनौती पनि थियो, जसरी पनि रबिलाई सक्ने दाऊमा ओली, दऊवा र प्रचण्डहरु थिए, सोहि अनुसार तिन दलका टाउकेहरुको सहमती र योजना अनुसार रबिलाई आफनो भ्रष्ट मण्डली सरकारमा सहभागी गराएर बलि चढाउनु थियो, रविलाई उनले चाहेकै गृह तथा उपप्रधानमन्त्री दिईयो र अन्ततः उनलाई सत्ताको स्वाद चखाईयो,  यसमा सबैभन्दा ठूलो गलत रवि र रास्वपाको भयो, नेपाली जनताले पुराना दल र नेताका बिकल्पमा दिएको १२ लाख मत लिएर सरकारमा जान हैन, खरो रुपमा प्रतिपक्षमा बसेर त्यहाँका बेथीति, बेरुजु र भैष्टचारको भण्डाफोर गर्नलाई त्यो मत र जिम्मेवारी दिएको थियो । 

अहिले सरकार गठबन्धन र प्रतिपक्ष गठबन्धन सबैले रास्वपालाई एक्लै बनाएका छन, प्रचण्डले आफु अनुकुल प्रतिपक्षको रक्षाका लागी रास्वपालाई प्रयोग गरे, अनि स्वार्थ अनुकुल छोडे यो कुनै नौलो कुरा हैन किनकी यि माथी मैले भने जस्तै उहि पुरानो प्रवृतिको कुरा थियो, रास्वपाले सुरु देखि नै गरेको गल्ती यतिबेला करेक्सन गररेको छ, यो निकै नै महत्वपूर्ण कुरा हो, रास्वपाले यो कुरा भुल्न हुँदैन कि एक्लै भईयो भनेर, यो कुरा सत्य हो कि जनमत निर्माण गर्ने कुरामा सारै सानो विषयले एउटा नयाँ उचाई लिन सक्छ भनेर । उदाहरण काफि छ कि, प्रचण्ड एक्लैले बढाउँदै गएको जनमत संसदमा सहि विषय आएका बेला आफनो अडानबाट फर्किनु र वाईसिएलको महाधिवेशनले पुनः प्रचण्ड शाख ओरालो लागेको छ, र उहि कुवामा झरेका छन, अब रास्वपा सहि मार्गमा, जनताले दिएको मतलाई ठिक ढंगले उपयोग गरिरहेको छ, रास्वपामा अब सडक संघर्षको नेतृत्व सहि तरिकाले लिन सके देशले परिवर्तनको अर्को संघर्षलाई जन्म दिनेछ, र नयाँ निकास आउनसक्छ, यसमा कुलमान, बालेन, हर्क र अरु स्वतन्त्र व्यक्ति र शक्तिहरु स्वतस्फुर्त एकताबद्ध हुने समय पनि हो ।     

संसदमा माओवादीका वर्षमानले माग पूरा भईसकेको दाबी गरेः 
एकढंगले माग सम्बोधन भईसक्यो, वर्षमान पुनले संसदमा बोलेको कुरा हो यो, कता के माग पूरा भयो त्यो कसैले बुझेका छैनन, तर माओवादीको यो कुराले प्रष्ट हुन्छ, कि त सरकार बदल्ने खिचडी पकाउँदैछ माओवादी कि त अग्नीको मुद्धा साट्दैछ माओवादी यहि भन्छन जनताहरु आज, यसलाई खण्डन गर्ने आधार के ? त्यो उसैलाई मात्रै थाहा छ, हामी जनताले बुझने भनेको चाहिं यति हो, कि माओवादी बाध्यतामा परेको छ । आज यो बिचमा संसद बहिस्कार गरेर बरु राप्रपाले आफनो प्रतिपक्षको भूमिका निभाएको छ । 

अस्तिसम्म विजुली किन्न ऋण गर्नेहरु आज रातारात अरबौंको विजुली बेच्दै, यो पनि सायद घाटै खाएर होलाः
नेपालले बंगलादेश र भारतमा विद्युत निर्यात सुरु गर्‍यो भनेर आज समाचारहरु छापिएका छन, त्यसमा कुरा यस्तो छ, 
नेपाल सरकारले आज राति १२ बजेदेखि बङ्गलादेशमा ४० मेगावाट र भारतमा २८० मेगावाट विद्युत निर्यात सुरु गरेको छ। वर्षायाममा उत्पादन भएको अतिरिक्त बिजुली अब आम्दानीको स्रोत बन्दैछ। बङ्गलादेशलाई ५ महिनामा १४.६८ करोड युनिट बिजुली बेचेर, ९४ लाख डलर, अर्थात  १ अरब २९ करोड आम्दानी गरेको 
भन्दै  ऊर्जा निर्यातले नेपालको आर्थिक समृद्धि, ऊर्जा सन्तुलन र जलविद्युत उपयोगमा नयाँ सम्भावना थपेको बताएको छ। अचम्म त के भने अस्ति कुलमान निकाल्ने बेला मात्रै विद्युत प्राधिकरण पुरै घाटामा छ, बत्ति नै पुग्दैन, अब किन्न पर्ने छ, सरकारसँग ऋण लिने हो भनेकाहरु आज अब बेच्ने र नाफा कमाउने भन्दैछन, यिनका कुरा सुनेर को दंग नपर्ला ? तर जनता चनाखो बस्न पर्ने छ, किनकी गौरबका आयोजना र अरु ठूला योजनाहरु ठूलो रकम कमिसन खाएर बिक्री गरिंदैछ, यसमा सबैले ध्यान दिनुपर्नेछ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal