(Sunday , 12 May,2024)

विश्वको सबैभन्दा महँगो इयरफोन, कति पर्छ मुल्य ?

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौँ । तपाईँले सोनी, जेबीएल, जेनहेइजरजस्ता कयौँ कम्पनीको महँगो हेडफोन त देख्नु भएकै होला । यहाँ हामी झन्डै सवा २ लाख नेपाली रुपैयाँ पर्ने एउटा हेडफोनबारे कुराकानी गर्न गइरहेका छौँ । यो इयरफोन फ्रान्सेली लक्जरी कम्पनी लुई भिटोँले बनाएको हो । यो कम्पनी असाधारण डिजाइन अनि महँगो प्रडक्टको लागि चर्चित छ ।

लुई भिटोँले लक्जरी ब्याग, बेल्ट र लत्ताकपडा आदि बनाउँछ । तर अहिले यो कम्पनीले ल्याएको वायरलेस इयरफोनले निटिजन्सबीच सनसनी मच्चाइरहेको छ । यसको कारण इयरफोनको मूल्य हो । लुई भिटोँ होरिजन लाइट अप इयरफोन्सलाई विश्वको सबैभन्दा महँगो इयरफोन बताइएको छ । यो इयरफोन यही वर्षको मार्चमा रिलिज गरिएको थियो । यसको मूल्य १ हजार ६ सय ६० डलर अर्थात् २ लाख २१ हजार आसपास पर्छ । यति मूल्यमा त सुपर प्रिमियम आइफोन नै आउँछ ।

यसलाई लाइटवेट एल्युमिनियम फ्रेममा तयार गरिएको छ । यसमा पलिश्ड सफायरको पत्र पनि दिइएको छ । एक्टिभ नाइस क्यान्सिलेशन र ब्याकग्राउन्ड नाइस एलिमिनेटिङ माइक्रोफोन दिइएको छ । यसमा युजरले एक पटकमा दुई अलग–अलग सोर्सेजबाट अडियो स्ट्रिम गर्न सक्छन् । यो ५ ओटा कलर अप्सनमा छ । यो ग्याजेटको ब्याट्री लाइफ २८ घण्टाको छ । यो ब्याट्री स्टेनलेस स्टील क्यारी केसको साथमा आउँछ । यसले पावर बैंकको रूपमा काम गर्छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal