२६ साउन, काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले संसद अवरुद्ध भएको समयको सेवा सुविधा नलिने घोषणा गरेका छन् ।
रास्वपा सभापति रवि लामिछानेले शुक्रबार सभामुख देवराज घिमिरेलाई संसद अधिवेशन नियमित गर्न आवश्यक पहल लिन आग्रह गरेका छन् ।
साथै राजनीतिक द्वन्द्वका कारण अवरुद्ध संसदको समयमा कुनै पनि सेवा सुविधा नलिने सभामुखलाई जानकारी दिए ।
‘हालसम्म हामीले पाएको भए त्यसको मिलान गरिदिने व्यवस्थाका लागि हार्दिक अनुरोध गर्दछु’ उनले भनेका छन् ।
प्रतिक्रिया