(Sunday , 12 May,2024)

‘डाँफे’ र ‘मुनाल’ भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गर्ने तयारीमा नाष्ट

NepalNewsLine

NepalNewsLine

Image 1

२३ वैशाख, काठमाडौं - नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)ले डाँफे र मुनाल नामका दुई भू–उपग्रह अन्तरिक्षमा प्रक्षेपणको तयारी गरेको छ । 

यी भू–उपग्रह पृथ्वीको सतहबाट ४ सय किलोमिटरको दुरीमा रहने नाष्टका प्रवक्ता रवीन्द्रप्रसाद ढकालले रातोपाटीलाई जानकारी दिए । यसले पृथ्वीलाई दिनको १६ चक्कर लगाउने र हरेक दिन १० मिनेट जति ‘एक्सेस’ पाउने उनले बताए । त्यो समयमा कमाण्ड दिने, स्याटेलाइटले पृथ्वीको खिचेको फोटो पठाउने काम हुने उनले बताए । 

भारतको बैंगलोरमा रहेको ‘इसरो’ नामक संस्थाले स्याटेलाइट निःशुल्क उडाइदिन्छु भनेर प्रतिबद्धता जनाएको र त्यसका लागि प्रक्रिया सुरु हुने क्रममा रहेको जानकारी दिए । 

२०७६ साल वैशाखमा पहिलोपटक प्रक्षेपण गरेको ‘नेपाली स्याट–१’ को विकसित रूपमा डाँफै रहेको उनले बताए ।  ‘नेपाली स्याट–१’ नानो भूउपग्रह झन्डै डेढ महिना अन्तरिक्षमा रहेर खसेको थियो ।

डाँफे भूउपग्रह निर्माणबारे प्रवक्ता डा। ढकालले भने–‘भूउपग्रहको पहिलो काम हामीले ‘नानो स्याटेलाइट–वान’ जापानमा बसेर बनायौँ । दुईजना मध्ये एकजना पिएचडी गर्दै गरेका र पिएचडी सक्नुभएका एकजना इन्जिनियर जापान गएर भूउपग्रह बनाउने काम गर्नुभएको थियो ।

त्यसमध्ये एकजना नाष्टकै कर्मचारी हुनुहुन्छ । जापान बसेर नेपाली स्याट वान बनाइसकेपछि उहाँहरू मध्ये डा।आभास मास्के फर्केर आउनुभयो । अहिले हामीले उहाँकै अग्रसरतामा ९ जना अरू इन्जिनियरलाई समावेश गरेर ‘डाँफे’ स्याटेलाइट बनायौँ । अहिले ‘डाँफे’ स्याटेलाइट उडाउने तर्खरमा रहेका छौँ ।’ 

झण्डै २ करोड हाराहारी लगानीमा सो भूउपग्रह निर्माण गरिएको हो । त्यसको खर्चका लागि नाष्टको लेटरहेड प्रयोग गरेर विभिन्न निजी बैङ्कहरूबाट सहयोग लिइएको थियो । डा.आभास मास्केले चलाइरहेको अन्तरिक्ष प्रतिष्ठान संस्थालाई नाष्टले आवश्यक कागजात दिएको, उडाउन लाग्ने खर्च नाष्टले बेहोर्ने, सो संस्थाले प्राविधिक दक्षता बढाउन तालिम दिने र प्राविधिक पाटो उनीहरूले हेर्ने समझदारीका आधारमा भूउपग्रह निर्माण गर्ने काम भएको प्रवक्ता ढकालले जानकारी दिए । 

 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal