(Friday , 10 May,2024)

कञ्चनपुरको बेलौरी नगरपालीकाले सुरु गर्यो लागुऔषधविरूद्व महाअभियान

author

Arpana Bhujel

Image 1

२७ असोज, धनगढी - भारतसँग सीमा जोडिएको कञ्चनपुरको बेलौरीमा लागुऔषधविरुद्धको महाअभियान थालिएको छ ।

नगर क्षेत्रमा लागुऔषध दुर्व्यशनी बढ्दै जान थालेपछि बेलौरी नगरपालिकाले न्यूनीकरण र नियन्त्रणका लागि त्यसविरुद्धको महाअभियान सुरु गरिएको जनाएको छ ।

भारतसँग सीमा जोडिएको बेलौरीमा पछिल्ला वर्ष लागुऔषध ओसारपसार, कारोबार एवं सेवनका घटना बढ्दै गएकाले तिनलाई नियन्त्रण गर्न महाअभियान सञ्चालन गरिएको नगर प्रमुख पोतीलाल चौधरीले बताए ।

चौधरीले समाजमा विकरात रूपमा देखिएको लागुऔषध नियन्त्रणका लागि अभियान थालिएको बताए ।

‘आजदेखि हामीले अभियान सुरु गरेका छौँ,’ मेयर चौधरीले भने, ‘बेलौरीका १० वटै वडा र सबै बस्तीहरूमा सरोकारवालासँग समन्वय गरेर थप बस्ती स्तरमा सचेतनामूलक कार्यक्रम गछौं ।’

बेलौरीमा दुर्व्यसनीमा फसेका ९१ जना  युवा लागुऔषधसम्बन्धी मुद्दा खेपिरहेका छन् भने करिब २०० जना पक्राउ परेका छन् । ‘भावी दिनमा लागुऔषधको थप भयाभह अवस्थाबाट जोगिन हामीले समयमै अभियान सुरु गरेका छौँ,’ मेयर चौधरीले भने, ‘लागुऔषध नियन्त्रण एक निकायबाट मात्रै सम्भव नहुने भएकाले समाजका सबै तहतप्ताबाट हुने विषय भएकाले हामीले अभियान नै सञ्चालन गरेका छौँ ।’

महाअभियान उद्घाटन समारोहका प्रमुख अतिथि एवंम् सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले लागुऔषध नियन्त्रणका लागि सीमावर्ती स्थानीय तहरूले अभियान नै सञ्चालन गर्नुपर्ने बताए ।

आन्तरिक तथा कानुनमन्त्री शिवराज भट्टले महाअभियानले लागुऔषध नियन्त्रणका लागि सुरक्षा निकायले थालेको कामकारबाहीमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

महाअभियान सफल र परिणाममुखी बनाउन सरोकारवाला निकायको सहयोग अपरिहार्य भएको भट्टको भनाइ थियो ।

प्रदेशका समाजिक विकासमन्त्री झपटबहादुर साउदले लागुऔषध जरैदेखि निर्मूल पार्नका लागि प्रदेश सरकारले समेत पालिकासँग सहकार्य समन्वय गर्ने बताएका छन् ।

सुदूपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) भारत बोहोराले पछिल्ला समय सुदूरपश्चिममा लागुऔषध दुर्व्यशनी भयाभह बन्दै गएको बताए ।

प्रहरीले स्थानीय तह र सरोकारवालासँगको सहकार्यमा मात्र नियन्त्रण गर्न सम्भाव हुने बोहराले बताए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal