(Friday , 28 June,2024)

चट्याङ लागेर मकवानपुरमा एक जनाको मृत्यु

NepalNewsLine

NepalNewsLine

Image 1

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका– २, थुम्कीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । 

आज बिहान घरमै सुतिरहेको अवस्थामा ४५ वर्षीय वीरबहादुर प्रजालाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

चट्याङ लागेर घाइते भएका प्रजाको हेटौँडा अस्पतालमा लगेपछि चिकित्सकले मृत घोषणा गरेका प्रवक्ता भण्डारीले बताए । उनका अनुसार मृतकको शव अस्पतालमा राखिएको छ ।

घटनाबारे थप अनुसन्धान गर्न चैनपुरबाट प्रहरी सहायक निरीक्षक गौरव विष्टको टोली राक्सिराङस्थित प्रहरी चौकी गएको प्रवक्ता भण्डारीले बताए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal