(Sunday , 12 May,2024)

लुम्बिनी प्रदेशसभा विषयगत समिति निर्वाचन स्थगित

NepalNewsLine

NepalNewsLine

Image 1

बुटवल । लुम्बिनी प्रदेशसभाका विषयगत समितिका सभापतिको निर्वाचन स्थगित भएको छ ।

यही १७ गर्ने सभापतिको निर्वाचन विशेष कारण देखाउँदै सभामुख तुलारामको घर्तीको निर्देशन अनुसार अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन स्थगित भएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

प्रदेशसभा निर्वाचन भएको एक वर्षभन्दा बढी भइसके पनि लुम्बिनी प्रदेशका संसदीय समिति अझै नेतृत्वविहीन छन् । लुम्बिनीमा अर्थ, उद्योग तथा पर्यटन समिति, प्रदेश मामिला तथा कानुन, सार्वजनिक लेखा, भौतिक पूर्वाधार तथा विकास, सामाजिक विकास र कृषि वन तथा वातावरण समिति छन् । 

६ समितिमा लेखासहित २ वटा समितिको सभापति एमालेलाई दिने र बाँकी सत्ता गठबन्धनले लिने तयारी छ । लामो समयसम्म विषयगत समितिले सभापतिहरूको नेतृत्वमा नपाउँदा धेरै क्षेत्रबाट आलोचना भइरहको छ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal