(Sunday , 12 May,2024)

लुम्बिनी प्रदेश सरकारद्वारा भूकम्प प्रभावित क्षेत्रमा लागि डेढ करोड रुपैयाँ सहयोग

NepalNewsLine

NepalNewsLine

Image 1

१८ कार्तिक, बुटवल - लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि डेढ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

 आज तुलसीपुरमा बसेको प्रदेश सरकारको बैठकले डेढ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिए । 

यस्तै प्रदेश सरकारले गृहमन्त्री सन्तोष पाण्डेको नेतृत्वमा प्रभावित जिल्लामा आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री पठाउने निर्णयसमेत गरेको छ । 

प्रदेशले यसअघि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा पदमराज अधिकारीको नेतृत्वमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री पठाइसकेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal