(Friday , 10 May,2024)

लालबन्दी जेसीज सप्ताहको तेस्रो दिन : जेसीज र नगरपालिका नगर कार्यपालिका विचको मैत्रीपूर्ण फुटबल सम्पन्न

NepalNewsLine

NepalNewsLine

Image 1

सर्लाही - जेसीज सप्ताहको तेस्रो दिन जेसीज छैटौं कार्यक्रमका रुपमा लालबन्दी जेसीज र लालबन्दी नगरपालिका नगर कार्यपालिका विचको मैत्रीपूर्ण फुटबल कार्यक्रमका संयोजक जेसी शिवहरी गौतमको  संयोजकत्वमा सम्पन्न भएको छ। 

कार्यक्रममा लालबन्दी नगर  प्रमुखको नेतृत्वमा लालबन्दी नपा र जेसीज मनोज बख्रेलको  नेतृत्वमा लालबन्दी जेसीज विच ५० मिनेटको मैत्रीपूर्ण फुटबल खेलिएको हो ।

खेलको पहिलो हाफको ५ मिनेटमै लालबन्दी जेसीका गोलकिपर सरोज न्यौपानेको  आत्मघाती गोलका कारण गेम लालबन्दी जेसीज का विरुद्ध नगरपालिका १ ले विजयी भएको छ । 

अन्त्यसम्मै रोमाञ्च ढंगले चलेको गेममा सहभागीता जनाउँदै यस्ता खेलकुदका कार्यक्रमले आत्मीयताका साथै सकारात्मक सन्देशको संचार हुने नगर प्रमुख अधिकारीले बताउनु भयो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal