(Saturday , 11 May,2024)

लालबन्दी जेसीज वर्ष (२०२३ ) को सप्ताह ब्यापी कार्यक्रमको उद्घाटन सत्रमा प्राथमिक स्वास्थ्य केन्द्र सरसफाई तथा गमला र फुल हस्तान्तरण

NepalNewsLine

NepalNewsLine

Image 1

सर्लाही  । लालबन्दी जेसीज वर्ष -२०२३ को सप्ताह ब्यापी कार्यक्रमको उद्घाटन तथा पहिलो कार्यक्रम प्राथमिक स्वास्थ्य केन्द्र सरसफाई तथा गमला र फुल हस्तान्तरण गरेको छ । 

लालबन्दी जेसीज वर्ष -२०२३ को सप्ताहब्यापी कार्यक्रम आज बाट सुरु भएको छ ।लालबन्दी जेसीज वर्ष -२०२३ का अध्यक्ष मनोज बख्रेलको अध्यक्षता र कार्यकारिणी उपाध्यक्ष जेसी सुनिता खरेल थपलियाको प्रमुख संयोजकत्वमा ७ वटा फरक फरक कार्यक्रम सहित चल्ने जेसीज सप्ताहको पहिलो दिन आज  तिन वटा कार्यक्रम तय भएको  थियो ।

उद्घाटन सत्रमा प्राथमिक स्वास्थ्य केन्द्र सरसफाई तथा गमला र फुल हस्तान्तरण गरिएको छ । प्राथमिक स्वास्थ्य केन्द्र सरसफाई तथा गमला र फुल हस्तान्तरण कार्यक्रमका संयोजक प्रवेश न्यौपानेको संयोजकत्वमा सम्पन्न कार्यक्रममा  लालबन्दी नगर उपप्रमुख कल्पना माया पाख्रिन , वडा नम्बर -९ का वडा अध्यक्ष तथा स्वास्थ्यकेन्द्र व्यवस्थापन समितिका अध्यक्ष नारायण अधिकारि , वडा नम्बर -७ का वडा अध्यक्ष कृष्ण कार्की गोपाल , स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर विरुचन चौधरी , लालबन्दी नगरपालिका स्वास्थ्य साखाका सिनियर हेल्थ असिस्टेन्ट रोशन चौधरी , लालबन्दी जेसीजका संस्थापक अध्यक्ष किरण घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

सप्ताह ब्यापी कार्यक्रम गमलामा फुल रोप्दै उपप्रमुख पाख्रिन ले उद्घाटन गर्नु भएको कार्यक्रम संयोजक प्रवेश न्यौपानेले संचार माध्यम हरुलाई बताएका छन्। कार्यक्रममा २० थान गमला र त्यसमा बिभिन्न प्रजातिका फूलहरु उपलब्ध गराइएको थियो भने अक्सिजन र वातावरनिय सन्तुलन कायम राख्न १० थान बढी कपुर र अन्य वहुउपयोगी विरुवा समेत उपलब्ध गराइएको छ । कार्यक्रमको संचालन लालबन्दी जेसीजका कोषाध्यक्ष सिवहरी गौतमले गर्नुभएको हो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal