(Saturday , 11 May,2024)

हेटौंडाबाट एमालेको जुलुस सुरु, किन लगाए यस्ता नारा ? 

author

Hem Khadka

Image 1

१० मंसिर, मकवानपुर । हेटौंडामा एमालेको जुलुस, लागिरहेको थियो, अनेमासंघको महिलाहरुले यस्ता नाराहरु लेखेका प्लेकार्ड बोकेर हिंडिरहेका थिए, जसमा लेखेका छन्, महिलालाई घरेलु साधन नठान, महिला हिंसा बन्द गर, भन्ने नाराहरु लागिरहेको थिए, १६ दिने अभियानमा महिलाहरुले महिला हिंसा विरुद्धको अभियान सुरु गर्ने जनाएका छन् ।

देशमा महिलाहरु हरेक पाईलामा हिंसामा परिरहेका छन्, बाटोघाटो र राति अवेरसम्म निर्धक्क हिंड्न नसक्ने वातावरण आज पनि उस्तै छ, अधिकारका लागी बोल्ने महिलाहरु स्वयं हिंसामा परिरहेका हुन्छन, अरुको के कुरा ? 

साँच्चै महिलाहरु माथी भएको शोषण, उत्पिडन र हिंशालाई सधाका लागी अन्त्य गर्ने हो भने, राजनीतिक दलहरु भित्र हुने गरेका दुरव्यवहार र महिलालाई हेर्ने गलत दृष्टिकोणलाई अन्त्य गर्ने, जहाँ आफु उभिएको छ, हो त्यहिं बाट सफाईको सुरु गर्नुपर्ने देखिन्छ ।

मुख्य कुरा त सिस्टम हो, यदि महिला अधिकार र उनिहरुको हक अधिकारको रक्षाका नीति भन्दा नि ति नीतिहरु लगुगर्ने प्रणाली नबदल्ने हो भने यस्ता हजार कार्यक्रम चलाए पनि, दिनै पिच्छे यस्ता अभियान चलाईरहेपनि खास परिवर्तन आउँदैन ।  

हामी सबैले, जबसम्म आत्मनिर्भर र स्वयं स्वतस्फूर्त हक अधिकारको रक्षा र प्रयोग गर्ने ठाउँमा महिला सक्रियतालाई अगाडी बढाउन सक्दैनौं तबसम्म केहि हुँदैन, जुटौं, सकरात्मक र एउटा नतिजा ल्याउने गरि यि र यस्ता अभियानको तयारी थालौं ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal