(Friday , 10 May,2024)

मध्यरातमा किन ठड्याइयो पोखरामा पूर्वराजा वीरेन्द्रको सालिक

NepalNewsLine

NepalNewsLine

Image 1

पोखरा । पोखराको वीरेन्द्र चोकमा पूर्वराजा वीरेन्द्र साहको सालिक पुनःस्थापना गरिएको छ ।

शालिक पुनर्निर्माण समितिले मध्यरातमा करिब ८ फिट अग्लो ढलोटको सालिक राखेको हो । समितिका सचिव अरुण गिरीले भने, ‘साइत हेराएर राति साढे एकरपौने २ बजेतिर सालिक पुनर्स्थापना गरिएको हो ।’

गिरीका अनुसार पोखरा महानगरपालिका-१० मा पर्ने यो ठाउँमा २०५९ सालमा वीरेन्द्रको सालिक स्थापना गरिएको थियो ।

२०६२/०६३ को जनआन्दोलनका क्रममा सालिक तोडफोड भएको थियो । पछिल्ला समय स्थानीयले चोक बुच्चो भयो, सालिक हुनुपर्छ भनेपछि मनवीर गुरुङको अगुवाइमा सालिक पुनर्निर्माण समिति बनाएर काम गरेको गिरीले बताए ।

सालिक राखेपनि अरु काम बाँकी नै रहेको भन्दै गिरीले भने, ‘२०/२५ लाख बजेट लाग्ने अनुमान छ ।’

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal