(Friday , 10 May,2024)

पर्यटन तथा संस्कृति मन्त्री सुदन किराँतीविरुद्ध पोखरामा प्रदर्शन

NepalNewsLine

NepalNewsLine

Image 1

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीको अभिव्यक्तिविरुद्ध पोखरामा पनि प्रदर्शन गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कास्कीले पृथ्वीचोकमा राँके जुलुससहित किराँतीको पुत्ला दहन गरेको हो ।

किराँतीले संविधानको धारा ४ को ठाडो उल्लंघन गरेको आरोप राप्रपाको छ । धारा ४ मा धर्म परिवर्तनलाई दण्डनीय भनिएको छ । राप्रपा कास्कीका प्रवक्ता समेत रहेका अरुण गिरीले किराँतीको राजीनामा हुनुपर्ने बताए ।

‘किराँतीले संविधानको ठाडो उल्लंघन मात्रै गरेका छैनन् । सार्वजनिक रुपमा क्रिश्चियन धर्म मान्न दवाव समेत दिएका छन्,’ उनले भने, ‘यस्तो अभिव्यक्ति दिनेमाथि कारबाही हुनुपर्छ । उनले राजीनामा दिनुपर्छ ।’


 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal