(Friday , 10 May,2024)

पोखरा महानगरको टोली राहत लिएर जाजरकोट प्रस्थान, एक महिनाको पारिश्रमिक सहयोग गर्ने घोषणा

NepalNewsLine

NepalNewsLine

Image 1

१८ कार्तिक, पोखरा - पोखरा महानगरको टोली राहत लिएर जाजरकोटका लागि हिँडेको छ । महानगरबाट दुई जना वडाध्यक्ष सहितको टोली राहत लिएर जाजरकोट हिँडेको हो । 

टोलीमा वडा नम्बर १ का अध्यक्ष सहारा प्रधान र ७ का अध्यक्ष राममोहन आचार्य सहभागी छन् । महानगरपालिकाले १ महिनाको पारिश्रमिक राहत स्वरूप सहयोग गर्ने घोषणा पनि गरेको छ । 

२ वटा सानो गाडी र एउटा ट्रकमा १७ जनाको उद्धार टोली पनि जाजरकोट हिँडेको मेयर धनराज आचार्यले जानकारी दिए । उनका अनुसार त्रिपाल, लत्ताकपडा, व्लाङकेट र औषधी पठाएको हो । 

पहिलो चरणमा नगरका मेयर, उपमेयर लगायत वडाध्यक्ष र कार्यपालिका सदस्यको १ महिनाको तलबबाट शोधभर्ना हुने गरी १३ लाख १५ हजारको सामग्री पठाइएको आचार्यले बताए ।

पोखरा महानगरपालिकाले ५० लाख राहत दिने घोषणा पनि गरेको छ । थप सामग्री र सहयोग महानगरपालिकाको विपद् कोषबाट खर्च बेहोर्ने नगरपालिकाले जनाएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal