(Saturday , 11 May,2024)

प्रदेशको नाम लुकाएर शुभकामना सन्देश जारी गरेकोमा त्रुटि भएको मुख्यमन्त्रीको स्वीकारोक्ति

NepalNewsLine

NepalNewsLine

Image 1

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले तमु लोसारका अवसरमा जारी गरेको शुभकामना सन्देश सामाजिक सञ्जालमा विवादित बनेको छ । उनले आफ्नो प्रदेशको नामै उल्लेख नगरी शुभकामना सन्देश जारी गरेका थिए ।

आज बिहान जारी भएको शुभकामना सन्देशको लेटर हेडमा ‘मुख्यमन्त्री- विराटनगर नेपाल’ उल्लेख छ । उनले जानजान ‘कोशी प्रदेश’ नलेखेको ठानेर पहिचानवादीहरू खुशी भएका छन् । उनीहरूले कोशी नामाकरणप्रति पहिल्यैदेखि असन्तुष्टि राखेर आन्दोलन गर्दै आएका छन् । अर्कोतर्फ वैधानिकरूपमा स्थापित नामलाई मुख्यमन्त्रीले नै अस्वीकार गरेको भन्दै सामाजिक सञ्जालमा कार्कीको तीव्र विरोध भएको छ । धेरैले उनलाई ‘कहाँको मुख्यमन्त्री रु’ भन्दै प्रश्न गरेका छन् ।

त्यसो त आलोचना भएपछि मुख्यमन्त्रीले अर्को शुभकामना विज्ञप्ति जारी गरिसकेका छन् । त्यसको लेटरहेडमा कोशी प्रदेश विराटनगर नेपाल उल्लेख छ । तर, अघिल्लो विज्ञप्तिमा उनले जानाजान प्रदेशको नाम लुकाएका हुन् वा बिर्सिएका हुन् रु यो प्रश्न हामीले कार्कीलाई नै सोध्यौं । उनले आफूबाट अञ्जानमा त्रुटि भएको दाबी गरे । सचिवालयबाट भूलवस प्रदेशको नाम उल्लेख गर्न छुटाइएको उनको भनाइ छ ।

मुख्यमन्त्री कार्कीले भने, ‘जानी-जानी मुख्यमन्त्रीले यस्तो गर्न सक्छ ? कामको सिलसिलामा त्रुटि भएको हो । यसलाई गम्भीरतापूर्वक नलिन आग्रह गर्दछु ।’

नामकरण विवादलाई मुख्यमन्त्रीले सम्बोधन गरेको भनेर पहिचानवादी खुशी भइरहेका छन् नि भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले जवाफ दिए, ‘मुख्यमन्त्री संविधान र कानूनको पक्षमा रहन्छ । कानून र संविधानले भनेको बाहेक अरु गर्न सक्दैन ।’

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal