(Sunday , 12 May,2024)

कोशी प्रदेशका तीन मन्त्रीहरूको जिम्मेवारी तोकियो

NepalNewsLine

NepalNewsLine

Image 1

विराटनगर । कोशी प्रदेशका तीन मन्त्रीहरूको जिम्मेवारी तोकिएको छ ।  मन्त्रीमण्डलमा रहेका माओवादी केन्द्रका गणेश उप्रेती, नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जबेगु र कांग्रेसका शमशेर राईले मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

उप्रेतीले पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाली कांग्रेसका शमशेर राईले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेकपा एकीकृत समाजवादीका कमल जबेगुले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

गत असोज २७ गते नियुक्त भएका मुख्यमन्त्री केदार कार्कीले सोही दिन शमशेर राई र एमालेका राम रानालाई मन्त्री नियुक्त गरेका थिए । यस्तै कार्तिक १७ गते माअ‍ोवादी र एकीकृत समाजवादीका तर्फबाट उप्रेती र जबेगुलाई नियुक्त गरेका थिए । 

त्यसलगत्तै एमालेबाट मन्त्री बनेका राम रानाले भने राजीनामा दिएका थिए । मुख्यमन्त्री नियुक्त भएदेखि नै मन्त्रीहरूलाई जिम्मेवारी दिन नसकेका मुख्यमन्त्री कार्कीले बजेट पारित गरेर जिम्मेवारी दिएका हुन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal