(Sunday , 12 May,2024)

कोशीमा मुख्यमन्त्री नियुक्तिको प्रक्रिया सुरु, ८ बजेबाट सांसदहरुको सनाखत हुँदै

author

Arpana Bhujel

Image 1

२७ असोज, विराटनगर - केदार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका ४७ प्रदेशसभा सशरीर उपस्थिति हुँदा पनि कार्कीलाई मुख्यमन्त्री नियुक्त नगरेका प्रदेश प्रमुखले दुवै पक्षका सांसदको सनाखत गराउँदै छन् ।

सनाखतका लागि कोशी प्रदेशमा मुख्यमन्त्रीमा समर्थन गरेका दुवै पक्षका सांसदहरू प्रदेश प्रमुखको कार्यालयमा उपस्थित हुनुपर्ने भएको छ ।

कोशीका प्रदेश प्रमुख परशुराम खापुङले सनाखत प्रयोजनका लागि सांसदहरूलाई आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म उपस्थित हुन भनेका छन् ।

मुख्यमन्त्रीमा केदार कार्कीलाई कांग्रेसका आठ र एमालेका ३९ सांसदले समर्थन गरेका छन् ।

अर्कोतिर माओवादी केन्द्रका इन्द्र आङ्बोले पनि ४७ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका थिए । तर, उनले विद्रोह गरेका कांग्रेसका आठ सांसदलाई पनि जोडेका छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal