(Sunday , 23 June,2024)

 सुनचाँदीको मूल्यमा अहिले सम्मकै भारी गिरावट

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौँ । आज बिहीबार स्थानीय बजारमा सुनको मूल्य ह्‌वात्तै घटेर कारोबार सुरु भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधवारको तुलनामा तोलामा १ हजार ८०० रुपैयाँले सुनको मूल्य घटेको हो ।  

हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ४० हजार ५०० रुपैयाँ थियो । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ३९ हजार ८०० थियो । आज घटेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार ७०० र तेजावी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ५० रुपैयाँ कायम भएको छ ।

यसैगरी आज चाँदीको मूल्य ३५ रुपैयाँले घटेको छ । हिजो तोलामा १९ सय कायम रहेको चाँदी आज १८ सय ६५ रुपैयाँ कायम छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal