(Sunday , 23 June,2024)

अघिललो दिन २८ अंकले बढेको नेप्से दोस्रो दिन ९.५४ अंकले गिरावट

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेमा ९.५४ अंकको गिरावट भएको छ । अघिल्लो दिन २८ अंकमाथिले बढेको नेप्से सूचक बुधबार ९.५४ अंकले घट्दै २ हजार १७.९७ अंकमा झरेको हो । 

बुधबार क वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.१७ अंकले घट्दै ३५८.०९ अंकमा झरेको छ । यस्तै अघिल्लो दिनको तुलनामा बुधबार कारोबार समेत घट्दै ३ अर्ब ७० करोड ८४ लाख रुपैयाँ बराबरको ८४ लाख ९० हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको नेप्सेले जनाएको छ । 

बुधबार म्यानु एण्ड प्रो, म्युचुअल फण्ड र ट्रेड्रिङ्ग बाहेक १० वटा उपसूचक ऋणात्मक भएका छन् । तथापि, सबै घटेका उपसूचक १ प्रतिशत भन्दा कमले घटेका छन् भने बढेका सूचकहरू क्रमशः १.४० प्रतिशत, ०.१७ प्रतिशत र १.१६ प्रतिशतले उचालिएका छन् ।

बुधबार उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र युनिक्यू नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य समान १० प्रतिशतले बढेको छ भने यता गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य १० प्रतिशतले घट्न पुगेको छ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal