(Saturday , 11 May,2024)

आजदेखि सुनचाँदीको असर्फी बिक्री खुला, कति छ मुल्य ?

NepalNewsLine

NepalNewsLine

Image 1

१९ कार्तिक, काठमाडौँ - सर्वसाधारण उपभोक्ताका लागि आइतबारदेखि सुनचाँदीका असर्फी बिक्री खुला भएको छ । तिहारको अवसरमा नेपाल राष्ट्र बैंकले सुनचाँदीको असर्फी, मेडालियन, सिक्का बिक्री शुरु गरेको हो ।

केन्द्रीय बैंकले सुनका १० ग्राम, ५ ग्राम र २.५ ग्रामको सिक्का बिक्रीमा राखेको छ भने चाँदीका २५ ग्राम, १०/१० ग्रामका गाई, लक्ष्मी र गणेश अंकित सिक्का बिक्रीमा ल्याएको छ ।

केन्द्रीय बैंकका अनुसार १० ग्राम सुनको सिक्काको बजार मूल्य १ लाख २ हजार ३६५ रुपैयाँ तोकिएको छ भने ५ ग्राम र २.५ ग्राम सुनको सिक्काको क्रमशः ५१ हजार ३८३ रुपैयाँ र २५ हजार ५९२ रुपैयाँ तोकिएको छ ।

यस्तै यता चाँदीको सिक्काको २५ ग्रामको ४ हजार रुपैयाँ र १० ग्रामको एक हजार ६ सय रुपैयाँ तोकिएको केन्द्रीय बैंकले जनाएको छ  ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal