(Sunday , 12 May,2024)

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख १६ हजार

NepalNewsLine

NepalNewsLine

Image 1

१० कात्तिक, काठमाडौं - सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । दशैं लगत्तैको कारोबारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासघका अनुसार शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १६ हजार रूपैयाँ कायम भएको छ ।

दशैं अघिको अन्तिम कारोबार (३ कात्तिक) का दिन छापावाल सुनको प्रतितोला मूल्य १ लाख १५ हजार ५०० रुपैयाँ थियो । दशैंपछि सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले महँगिएर नयाँ रेकर्ड बनाएको हो ।

शुक्रबार तेजावी सुनको प्रतितोला मूल्य १ लाख १५ हजार ४५० रूपैयाँ तोकिएको छ ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । दशैअघिको अन्तिम कारोबार (३ कात्तिक) का दिन चाँदीको प्रतितोला मूल्य १ हजार ४ सय रूपैयाँ थियो । आज पनि सोही मूल्यमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal