(Tuesday , 03 December,2024)

प्रधानमन्त्री ओलीको नियुक्ति विरुद्धको रिट संवैधानिक इजलासमा पेश गर्न आदेश

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति विरुद्धको रिट संवैधानिक इजलासमा पेश हुने भएको छ।

सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको इजलासले आइतबार प्रधानमन्त्री नियुक्ति विवाद सम्बन्धी रिट संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले असार ३१ मा संविधानको ७६ को उपधारा २ अनुसार नेकपा (एमाले) अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।

राष्ट्रपति पौडेलले नयाँ सरकार गठन गर्न गरेको आह्वान र प्रधानमन्त्री नियुक्ति विरुद्ध अधिवक्ता दीपक अधिकारी, खगेन्द्र चापागाईं र शैलेन्द्रकुमार गुप्ताले सर्वोच्चमा रिट दायर गरेका थिए।

रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,  संघीय संसद सचिवालय,  नेपाली कांग्रेस संसदिय दलको नेता शेरबहादुर देउवा तथा नेपाली कांग्रेस संसदिय दलको कार्यालय सिंहदरबार काठमाण्डौँ,  नेपाल कम्युनिष्ट पार्टी एमाले संसदिय दलको नेता केपी शर्मा ओली र एमालेको संसदीय दलको कार्यालय विपक्षी बनाइएको छ।
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal