(Sunday , 07 July,2024)

एमाले कांग्रेसको गठबन्धन उथलपुथल, प्रचण्डको टाउको दुखाई ले

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौ । यतिखेर नेपालको राजनितिमा उथलपुथलको अवस्था आएको छ । कसैको चिन्ताले त कसैका खुसीले निन्द्रा हराम भएको छ । मध्यरातमा नेकपा एमालेका अध्यक्ष केपील शर्मा ओली र  र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिच पालैपालो नेतृत्व गर्ने गरी सत्ता गठबन्धनको सहमति पत्रमा हस्ताक्षर भएपछि बिहानै देखि नेताहरुको दौडधुप चलेको छ । कोही बुढानिलकण्ठ भेटघाटमा दौडेका छन, कहिले प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेल भेट्न दौडेका छन ।

यसै क्रममा आज नेपाली कांग्रेसले पार्टीका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको अवसरमा केन्द्रीय पार्टी कार्यालयमा फोटो प्रदर्शनीमा पार्टी केन्द्रीय कार्यालय ललितपुरमा ‘क्रान्तिदेखि शान्तिसम्म’ शीर्षकमा फोटो प्रदर्शनी गरिएको थियो । प्रदर्शनीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले संयुक्त रुपमा प्रदर्शनी अवलोकन गरेका थिए । प्रधानमन्त्री प्रचण्ड र देउवाको भेटमा एमाले र कांग्रेस बिच नयां सरकार गठबन्धनमा भएको सहमतिको विषयमा देउवाले यो पटकलाई सरी भनीसकेका छन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा वलीले प्रधानमन्त्री प्रचण्डलाई प्रधानमन्त्री पदबाट राजीनामा दिन भनीसकेका छन । तर प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएर विस्वासको मत लिने बताएका छन । तर कैले लिने भन्ने टुङगो लाग्न बाँकी छ । रास्वपाले भने अब बन्ने नयांँ सत्ता गठबन्धनमा नजाने बताएका छन । प्रधानमन्त्री प्रचण्ड अझै पनि केही कुरा मिल्छ की भन्दै यता उता भेटघाटमा दौडीरहेका छन । "म हुन्जेल नेपालमा उथलपुथल भैरहन्छ" भनेर केही समय अगाडी मात्र अभिव्यक्ति दिएका प्रचण्डले,आफैलाई झट्का लाग्ने गरी रातारात सत्ता समिकरणमा उथलपुथल भएपछि यताउता भौतारीन थालेका छन ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा आफ्नो पार्टीसँग जादुमयी नम्बर रहेको भन्दै कसैले सरकारबाट हटाउन नसक्ने दाबी गरेको एक सातामात्र भएको छ । दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेसँग आफ्नो अनुकूल सहकार्य गरी सरकार टिकाउँदै आएका प्रचण्ड एक सातामै ‘जादुमयी नम्बर’का बाबजुद निरीह देखिएका छन् । एमाले र माओवादीका अध्यक्षहरुले बेमौसममा सुन्तला खाँदै नेपाली काँग्रेस लाई सत्ताबाट हुत्याएर गरेको गठबन्धन मौसमी पानीले पखालीदिएको छ ।

एमाले संगको गठबन्धन लामो समय जान्छ भनेका प्रचण्डलाई एमालेले नै सत्ता बाहीर हुत्याउने षडयन्त्र भएपछि, यतिखेर प्रचण्ड सत्ता जोगाउन यता उता भौँतारीएका छन । संसदका दुई ठुला दल कांग्रेस र एमालेबिच भएको यो सहमतिसँगै तेस्रो दल नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारको दिनगन्ती सुरु भइसकेको छ । प्रधानमन्त्री प्रचण्डले चौथो पटक गत जेठ १४ मा प्रतिनिधि सभाबाट विश्वासको मत लिए । यस क्रममा उनले दुवै प्रमुख दल कांग्रेस र एमालेलाई आपसमा सहकार्य गर्न चुनौती दिएका थिए । त्यसअघि नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रचण्डबाट एमाले र कांग्रेसले धोका पाइसकेको उल्लेख गर्दै धोका पाएका दुवै दल मिलेको खण्डमा प्रचण्डको अवस्था के होला भनेर प्रश्न गरेका थिए ।

प्रचण्डले मेरो त कामना छ– तपाईंहरू मिल्नोस् । सबै मिल्नोस् । सबै मिल्नुभयो भने माओवादी केन्द्र प्रमुख प्रतिपक्षमा बसेर फेरि देश र जनताको पक्षमा संविधानको रक्षाको पक्षमा, राष्ट्रियताको सुदृढीकरणको पक्षमा लडिराख्छ ।’ भन्ने जवाफमा दिएका थिए । प्रचण्डले कांग्रेस–एमालेलाई मिल्न चुनौती दिएको एक महिना बित्दा नबित्दै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता सुरुमात्र भएन, आपसमा मिलेर नयाँ सरकार बनाउनेबारे प्रारम्भिक सहमतिसमेत भयो । यस प्रकारको सहमति हुँदैछ भन्नेबारे एमालेकै कतिपय नेता बेखबर हुँदा माओवादी केन्द्र पनि बेखबर रह्यो र एमाले संगकै गठबन्धन लामो समय जान्छ भनेर ढुक्क भए ।

कांग्रेससहितका दलसँग गठबन्धन गरेर निर्वाचनमा सामेल भएका प्रचण्डले चुनाव परिणाम आइसकेपछि एक्कासी कांग्रेसको साथ छाडेर एमालेको समर्थनमा प्रधानमन्त्री बन्ने विकल्प रोजे । राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा उनले फेरि कांग्रेससँगै सहकार्य गर्ने निधो गरे । जब सरकारको काम प्रभावकारी हुन नसकेको भनेर गुनासो बढ्न थाल्यो, उनले फेरि एमालेको साथ रोजे । तर अहिले कांग्रेस एमाले लाई मिल्नको लागी चुनौती दिएका प्रचण्डलाई नै मात खुवाउने गरी कांग्रेस र एमालेको प्रारम्भीक सहमति भएपछि अब माओबादी प्रमुख प्रतिपक्षमा रहने विकल्प बाहेक केही देखिएको छैन । नेपालको राजनितिमा प्रचण्डले मात्र हाईन, उथलपुथल ल्याउने दम केपी शर्मा ओलीममा पनि रहेको छ भन्ने यो गतिलो उदाहरण दिएको छ । 

 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal