(Wednesday , 26 June,2024)

नेपाल समाजवादी पार्टीबाट महिन्द्र राय यादव निष्काशित

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौं । प्रतिनिधिसभा सदस्य महिन्द्र राय यादव नेपाल समाजवादी पार्टीबाट निष्काशित भएका छन् । पार्टीले यादव लगायतहरुलाई  पदबाट हटाएको सूचना निर्वाचन आयोगमा अद्यावधिक भएको हो ।

नेपाल समाजवादी पार्टीले आईतबार एक विज्ञप्ति जारी गरी पार्टीको विधान विपरितका गतिविधिमा लागेको उनीहरुलाई पार्टीबाट हटाउने निर्णय गरेको थियो । विज्ञप्ति अनुसार सांसद यादव सहित प्रदेश सांसद गंगानारायण श्रेष्ठ, रमेशप्रसाद यादव लगायतहरुलाई सदस्यबाट हटाइएको हो ।

समाजवादी पार्टीले १२ जेठमा उनीहरुलाई पदबाट हटाउने निर्णय गरेको थियो । निर्णयपछि विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा पत्र पठाएको थियो । निर्वाचन आयोगले नेपाल समाजवादी पार्टीको पत्र अनुसार, ३० जेठ, २०८१ मा उनीहरुलाई सदस्यबाट हटाई विवरण अद्यावधिक गरेको हो ।

पार्टीले निष्कासित गरेपछि यादव र श्रेष्ठको सांसद पदमाथि तत्काल अप्ठेरो पर्दैन । यादव र श्रेष्ठ माओवादी केन्द्रको मनोनयमा निर्वाचित भएर माओवादी केन्द्रकै सांसदको रुपमा प्रतिनिधिसभा र प्रदेशसभामा क्रियाशिल छन् ।


 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal