(Saturday , 22 June,2024)

काठममाडौ महानगरको कार्यपालिका बैठकमा बालेन र वडाध्यक्षबीच चर्काचर्की 

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौं । काठमाडौं महानगरपालिकाको आज बिहान बसेको बैठकमा न्यूरोडमा फुटपाथ बढाउन सडक काटेको विषयले प्रवेश पाएको छ । ३२औं कार्यपालिकाको बैठकमा मेयर बालेन शाह र २२ नम्बरका वडाध्यक्ष चिनीकाजी महर्जनबीच चर्काचर्की नै पर्‍यो ।

मेयर शाह न्यूरोडमा फुटपाथ बढाउनुपर्ने पक्षमा छन् भने वडाध्यक्ष महर्जन सडक घटाउन नहुने लाइनमा उभिएका छन् । फुटपाथ बढाउने बालेनको कदम रोकिएपछि आज कार्यपालिकाको बैठक बोलाइएको थियो

। वडाध्यक्ष महर्जनले नयाँसडकमा सडकपेटी बनाउने कुरा पत्रिका पढेर थाहा पाउनुपर्ने भन्दै किन यस्तो भइराखेको छ रु भनी प्रश्न तेर्स्याए ।

मेयर बालेन शाहले फुटपाथको काम २४ नम्बर वडामा भएकाले २२ नम्बर वडाले आपत्ति जनाउनुपर्ने कारण नभएको जवाफ फर्काए ।

बालेनले उल्टै प्रतिप्रश्न गरे,‘ काम भइराखेको तपाईँको वडामा पत्रिका पढेर थाहा पाउनुभयो कि २४ नम्बर वडामा रु २४ नम्बर वडामा फुटपाथ बढाउन वडाध्यक्षले मान्छेलाई हिँड्न गाह्रो भो, सेक्सुयल हयारेसमेन्ट भएको साँघुरो भयो पकेटमारी भयो हाम्रो फुटपाथ बढाइदिनुभन्दा २४ नम्बरमा फुटपाथ बढाइदिनु भन्दा तपाईँलाई के समस्या भयो रु’

त्यसपछि जगिँदै वडाध्यक्ष महर्जनले न्यूरोड कहाँ पर्छ रु आफ्नो महानगरको भूगोल थाहा छैन भनेर प्रतिवाद गरेका थिए । एक अर्कालाई प्रश्न सोध्ने दोहोरी केहीबेर चलिरहयो ।

बालेनले सहकार्यमा गर्नुपर्छ भन्दै वडाध्यक्षहरूसँग बसेर फुटपाथ बढाउने डिजाइन देखाएको बैठकमा बताएपनि चिनीकाजीले प्रतिवाद गरिरहेका थिए ।

सडक विभागलाई पत्र लेखेको १५ दिनसम्म जवाफ नफर्काएपछि उक्त कदम चालिएको भन्दै मेयर शाहले भने, ‘दैनिक एक लाख भन्दा बढी जनसंख्या हिँड्ने सडकमा फुटपाथको साइज कति चाहिन्छ थाहा छ तपाईंलाई  रु कम्तीमा ३ मिटर भन्दा बढी हुनुपर्थ्यो सडक विभागले नै बनाउनुपर्थ्यो । कालोपत्रे त्यहाँ ७ मिटर भन्दा चाहिँदैन ।’

त्यसपछि नरम वडाध्यक्ष महर्जनले महानगरले राज्यको विधान मान्ने कि नमान्ने , सम्मान गर्ने कि नगर्ने भनेर जवाफ मागे ।

न्यूरोडको हकमा स्थानीय सबैले बोल्नपाउने वडाध्यक्षको तर्क थियो ।

न्यूरोडको इतिहासलाई मेट्ने गेम चेन्ज प्लानिङमा आफूहरूलाई छलफलमा सामेल नगराएको भन्दै उनले आक्रोश पोखेका थिए । बालेनले सडक विभागको काम मापदण्डअनुसार नभएकाले फुटपाथ बढाउन खोजेको प्रष्टीकरण दिइरहेका थिए ।

दुईदिन अघि महानगरमै बसेर सडक विभागसँग सहमति गरेर गएको र पत्र किन आयो भनेर आफूलाई जानकारी नभएको बैठकमा बालेनले बताए । साथै उक्त सडक सडक विभागको अधिकारक्षेत्रभित्रै नपर्ने उनको दाबी थियो ।

‘अनि किन पत्र आयो त रु’ महर्जनको प्रश्नपछि फेरि दुवैजना चर्किए ।

सडक घटाउने नभई मापदण्डअनुसार बनाउन लागेको भन्दै मेयरले सम्झाए ।

वडाध्यक्ष महर्जनले ‘जनपक्षीय काम भए बाजा बजाएर स्वागत गरौला नरिवल फुटाएर शिलान्यास गर्नुस् अनि राति राति काम गर्ने हो त रु वडाध्यक्षलाई विपक्षी बनाएर काम गर्ने हो रु भन्दै जंगिएका थिए ।

तपाईँलाई अर्काको वडाको के चासो रु भन्दै मेयरले २४ नम्बर वडाका वडाध्यक्ष विनोदराज भण्डारीलाई फुटपाथ चाहिन्छ कि चाहिँदैन भनेर बैठकमै सोधेका थिए ।

२४ नम्बर वडाध्यक्ष भण्डारीले आफनो वडामा सडकपेटी साँघुरो भएको निवदेन आएकाले न्यूरोडको कुरा नगर्ने बताए ।

‘२४ नम्बरको अहिले जहाँ फुटपाथको काम भइराखेको छ । त्यहाँ काम गर्न म मन्जुर छु ’, उनको भनाइ थियो ।

महर्जनले न्यूरोडलाई खण्डीकरण गर्न पाइन्छ रु वडाध्यक्षको बीचमा के गर्न खोज्नुभएको रु भन्दै मेयरलाई सोधेका थिए ।

त्यहीबीच १५ नम्बरका वडाध्यक्षले बैठक सहमतिमा लैजान आग्रह गरेपछि मेयर केही नरम भउका थिए ।

बैठक लम्बिएपछि प्रवक्ता नवीन मानन्धरले हस्तक्षेप गरे । अब निर्माण कार्यमा समिति गठन गरेर समितिले दिएको प्रतिवेदन अनुसार काम गर्ने उनको भनाइ थियो ।

महानगरले गत माघ ६ गते न्यूरोड एरियाको पार्किङ हटाएर सडक खाली गराएको थियो । पार्किङ हटाएर सडक खुला गरेलगतै महानगरले न्यूरोडमा सडकको चौडाइ घटाएर फुटपाथ बढाउन प्रोजेक्ट सुरु गरेको थियो । सोही अनुसार गत शनिबार न्यूरोडमा सडकको चौडाइ घटाउन पीच काटेको थियो ।

तर, सडक डिभिजन काठमाडौंले अनुमति नलिई सडक घटाउन लागेको भन्दै सामान नियन्त्रणमा लिएको थियो । सोही विषयमा मेयर बालेनले फोहोरको धुलो सडक डिभिजन अगाडि थुपारेका थिए । सडक डिभिजनले बुधबार विज्ञप्ति जारी गरेर सडक २ दिनभित्र पुनस्थापन गर्न अनुरोध गरेको थियो । उक्त अल्टिमेटम आज सकिँदै छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal