(Saturday , 22 June,2024)

एमालेको २ दिने महिला भेला सम्पन्न

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौँ । २१ बुँदे प्रस्ताव पारित गर्दै  नेकपा (एमाले) को दुई दिने राष्ट्रिय महिला भेला सम्पन्न भएको छ ।  भेलाले ‘म हिंसा गर्दिन, हिंसा सहन्न र हिंसाको प्रतिकार गर्छु’ भन्ने नीतिको प्रभावकारी कार्यान्वयनमा अगुवाइको लागि पार्टी नेतृत्वसँग माग गरेको छ ।  

त्यसैगरी भेलाले सबै किसिमका विभेद र हिंसा अन्त्यको विषयलाई आफ्नो मुख्य र साझा मुद्दाको रूपमा स्वीकार गर्दै नेकपा (एमाले) को मार्ग निर्देशनमा आ–आफ्नो ठाउँबाट व्यापक अभियान सञ्चालन गर्न साझा प्रतिबद्धता पनि व्यक्त गरेको छ ।  

भेलाले एमालेमा हाल महिला सदस्य अनुपात करिब २७ प्रतिशत मात्र रहेको तथ्यलाई आत्मसात् गर्दै आगामी दिनमा सदस्य सङ्ख्याका साथै पार्टी र जनसङ्गठनका सबै संरचनामा महिलाको ५० प्रतिशत सहभागिता पुर्‍याउने लक्ष्यसहित विशेष अभियान सञ्चालन गर्न आग्रह गर्दै आ–आफ्नो तर्फबाट पूर्ण सहयोग गर्ने वचनबद्धता समेत व्यक्त गरेको छ ।  

‘नेकपा एमाले, जनसङ्गठन समन्वय संयन्त्रद्वारा आयोजित राष्ट्रिय महिला भेलाद्वारा पारित प्रस्तावहरू सामाजिक उत्पीडनको सबैभन्दा प्रखर रूप, लैङ्गिक विभेद हो । यसको अन्त्यका लागि हामी प्रतिबद्ध छौ’, पारित प्रस्तावमा भनिएको छ । भेलाको जेठ १६ गते पूर्वराष्ट्रपति विद्या भण्डारीले उद्घाटन गरेकी थिइन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal